Breaking News
आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     देशभर मौसम बदली, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आजको रात म लेख्न सक्छु उदास पङ्क्तिहरू    ||     सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||    

बनेपाहोटल भ्यु एण्ड पाहुना घर घटना: शर्मिला श्रेष्ठ हत्याका आरोपी युवक रक्सौल बाट पक्राउ

  •   १ वर्ष अघि | १६ चैत्र २०८१, शनिबार

चैत १६, २०८१ | काभ्रे – कर्तव्य ज्यान मुद्दामा फरार रहेका अभियुक्त भरत बुढाथोकीलाई प्रहरीले पर्सा, वीरगञ्जबाट पक्राउ गरेको छ।

घटना विवरण:

२०८१ साल फागुन १५ गते साँझ करिब ६:०० बजे बनेपा नगरपालिका–८ स्थित होटल भ्यु एण्ड पाहुना घर को दोस्रो तलाको कोठा नम्बर ११५ मा बनेपा नगरपालिका–६ बुडोलकी २३ वर्षीया शर्मिला श्रेष्ठ मृत अवस्थामा फेला परेको थियो।

उनको मृत्युको घटनापछि फरार रहेका रामेछाप, खाँडादेवी गाउँपालिका–२ निवासी २७ वर्षीय भरत बुढाथोकी लाई काभ्रेपलाञ्चोक जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय बनेपाबाट परिचालित सिभिल टोलीले गोप्य सूचनाका आधारमा २०८१ चैत १४ गते दिउँसो १:४५ बजे वीरगञ्ज भन्सार कार्यालयको गेट अगाडि पक्राउ गरेको हो। बुढाथोकी भारतको रक्सौलबाट नेपाल प्रवेश गर्ने क्रममा पक्राउ परेका हुन्।

अदालतको आदेश:

पक्राउ परेका बुढाथोकीलाई काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट २०८१ चैत १४ गतेदेखि लागू हुने गरी पहिलो पटक पाँच दिनको म्याद थप अनुमति दिइएको छ।

प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी राखेको जनाएको छ।


  • Jigyasa media

थप