Breaking News
आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     देशभर मौसम बदली, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आजको रात म लेख्न सक्छु उदास पङ्क्तिहरू    ||     सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||    

देशका केही स्थानमा आज वर्षा हुने सम्भावना

  •   २ वर्ष अघि | २९ फाल्गुन २०८१, बिहिबार

काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार आज कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना छ।

विभागको मौसम बुलेटिनअनुसार यी प्रदेशका पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा हुन सक्छ भने अन्य प्रदेशका पहाडी भागमा छिटपुट वर्षाको सम्भावना रहेको छ। यो मौसमी प्रणाली पश्चिमी वायु र स्थानीय वायुको मिश्रणका कारण विकसित भएको बताइएको छ।

प्रि-मनसुनी गतिविधि सक्रिय भइरहेकाले आगामी दिनमा अपराह्नतिर मेघगर्जनसहित वर्षा हुने र रातिको समयमा मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ।

बुधबार साँझ काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा पानी परेको थियो। कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

गण्डकी प्रदेशमा बनेको मौसमी प्रणाली पूर्वतर्फ सर्ने क्रममा कोशी प्रदेश हुँदै बाहिरिएकाले आज राति भने वर्षाको सम्भावना कम रहेको छ।

गत चार दिनदेखि देशका विभिन्न स्थानमा बदली रहँदा हवाई उडानमा समेत असर परेको थियो।


  • Jigyasa media

थप