Breaking News
आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     देशभर मौसम बदली, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आजको रात म लेख्न सक्छु उदास पङ्क्तिहरू    ||     सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||    

किन चल्यो गोली हानाहान ? २२ जनाको मृत्यु !

  •   २ वर्ष अघि | २३ फाल्गुन २०८१, शुक्रबार

इक्वेडरको गुयाक्विल सहर बिहीबार रक्तपातमा डुब्यो! लागूपदार्थ तस्करीमा संलग्न दुश्मन गिरोहहरूबीच भीषण गोली हानाहान हुँदा २२ जनाले ज्यान गुमाए।

प्रहरी स्रोतका अनुसार लस टिगेरोन्स नामक कुख्यात गिरोहका प्रतिद्वन्द्वी समूहहरूबीच सिधा भिडन्त भयो। यो गिरोह इक्वेडरमा लागुऔषध तस्करी, अपहरण र फिरौतीमा संलग्न शक्तिशाली आपराधिक समूहहरूमध्ये एक मानिन्छ।

इक्वेडर अहिले लागूपदार्थ युद्धको केन्द्र बन्दै गएको छ। संयुक्त राज्य अमेरिका र युरोपमा कोकिन तस्करी गर्ने प्रमुख कार्टेलहरूको गतिविधि तीव्र रूपमा बढेसँगै हिंसात्मक अपराधदर रेकर्ड तहमा पुगेको छ।

सन् २०१८ मा प्रति १ लाख जनसंख्यामा ६ जनाको हत्या हुने इक्वेडरमा सन् २०२३ सम्म यो संख्या ४७ पुगेको छ।

राष्ट्रपति डानियल नोबोआले दुई महिनादेखि देशमा आपत्काल लागू गरेका छन्, तर हिंसा थामिनुको सट्टा झन् फैलँदै गएको छ। लागूपदार्थ माफियाविरुद्धको यो युद्ध अझ कति भयानक बन्नेछ? इक्वेडर शान्ति पाउने कि अपराधीहरूको अखडा बन्ने?


  • Jigyasa media

थप