Breaking News
आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     देशभर मौसम बदली, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आजको रात म लेख्न सक्छु उदास पङ्क्तिहरू    ||     सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||    

चार प्रदेशका पहाडी क्षेत्रमा हिमपातको सम्भावना

  •   २ वर्ष अघि | २३ फाल्गुन २०८१, शुक्रबार

काठमाडौं । देशका केही पहाडी तथा हिमाली क्षेत्रमा आज हल्का हिमपात हुने सम्भावना छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण मौसम परिवर्तन हुन सक्नेछ।

हाल कोसी, वाग्मती, गण्डकी प्रदेशलगायत पहाडी क्षेत्रमा आंशिक बदली देखिएको छ, भने अन्य भूभागमा मौसम सामान्यतया सफा छ। दिउँसो पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहने सम्भावना रहेको छ, तर अन्य स्थानमा मौसम खुला नै रहने अनुमान गरिएको छ।

विशेषगरी कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ। रातिको समयमा पनि पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहने अनुमान छ भने अन्यत्र मौसम सफा रहनेछ।


  • Jigyasa media

थप