Breaking News
आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     देशभर मौसम बदली, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आजको रात म लेख्न सक्छु उदास पङ्क्तिहरू    ||     सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||    

भारतीय विद्यार्थीको गोली हानी हत्या

  •   २ वर्ष अघि | २२ फाल्गुन २०८१, बिहिबार

वासिङ्टन डिसी: अमेरिकाको विस्कॉन्सिनमा भारतीय विद्यार्थीको गोली प्रहारबाट मृत्यु भएको छ। भारतको तेलंगानाका २७ वर्षीय प्रवीण कुमारको बुधबार हत्या भएको पुष्टि भएको छ।

बी.टेक पूरा गरेपछि थप अध्ययनका लागि २०२३ मा अमेरिका गएका प्रवीण विस्कॉन्सिनको मिलवाकीमा एमएस अध्ययनरत थिए। उनका केही साथीहरूले उनको शव गोली लागेको अवस्थामा फेला पारेका थिए।

हालसम्म घटनाको आधिकारिक कारण सार्वजनिक गरिएको छैन, तर प्रारम्भिक अनुमान अनुसार लुटपाटका क्रममा गोली हानिएको हुनसक्ने बताइएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार अमेरिकी अधिकारीहरूले प्रवीणको निधनबारे उनको परिवारलाई जानकारी गराइसकेका छन्।

घटनास्थल गम्पाको निवास नजिकै रहेको बताइएको छ। प्रवीणका पिता राघवुलुले बुधबार बिहान छोराको फोनमा आएको कल उठाउन नसकेको र पछि फर्काएर फोन गर्दा एक अपरिचित व्यक्तिले जवाफ दिएको बताएका छन्। उक्त व्यक्तिले प्रवीणको फोन फेला परेको बताएपछि परिवारले शंका गरेका थिए, जुन अन्ततः सत्य सावित भयो।

  • Jigyasa media

थप