Breaking News
सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||    

सर्लाहीमा माटोको ढिस्कोले ४ जनाको ज्यान लियो

  •   १२ महिना अघि | १५ असोज २०८२, बुधबार

सर्लाही, असोज १५।

सर्लाहीको हरिपूर्वा नगरपालिका–१ हर्दी खोलाको किनारमा माटोको ढिस्कोमा पुरिएर चार जनाको मृत्यु भएको छ।

बुधबार बिहान माटो निकाल्ने क्रममा माथिबाट अचानक खसेको ढिस्कोले चार जनाको ज्यान लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले पुष्टि गरेको छ।

मृतकमध्ये तीन बालबालिका र एक वृद्धा रहेका छन्। ज्यान गुमाउनेमा महोत्तरीको सोनमा गाउँपालिका–६ मगरथानाकी ६५ वर्षीया सायदा खातुन, ९ वर्षीया नर्गिस खातुन, ८ वर्षीय डिल्लु मंसुर र ६ वर्षीया सविवा खातुन रहेका प्रहरी निरीक्षक तथा सहप्रवक्ता बालिस्टर सिंहले जानकारी दिए।

उनीहरूलाई स्थानीयले उद्धार गरेर अस्पताल पुर्‍याइए पनि जीवित बचाउन नसकिएको प्रहरीले जनाएको छ। मृतकहरूको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ।

यसअघि पनि वर्षायाममा तराईका विभिन्न जिल्लामा खोलानाला र ढिस्कोमा पुरिँदा मानवीय क्षति हुने घटना दोहोरिँदै आएका छन्। प्रहरीका अनुसार अहिले घटनास्थल वरपरको क्षेत्र सुरक्षित बनाइने प्रयास भइरहेको छ।

  • Jigyasanepal

थप