Breaking News
सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||    

मलद्वारमा लुकाएर ब्राउन सुगर ल्याउँदै गर्दा युवक पक्राउ

  •   १० महिना अघि | २९ कार्तिक २०८२, शनिबार

झापा — भारतबाट नेपालतर्फ लागु औषध लुकाएर ल्याउँदै गरेका एक युवक झापामा प्रहरीद्वारा रंगेहात पक्राउ परेका छन्। सीमावर्ती क्षेत्र हुँदै प्रतिबन्धित पदार्थ ओसारपसार भइरहेको संवेदनशील समयमा प्रहरीले गरेको तिव्र चेकजाँचका क्रममा शुक्रबार साँझ युवक पक्राउ परेका हुन्।

भद्रपुर नगरपालिका–५ मेचीबिटामा खटिएको प्रहरी टोलीले भारतबाट पैदलै नेपालतर्फ प्रवेश गर्दै गरेका झापाको हल्दिबारी गाउँपालिका–३ बस्ने ३१ वर्षीय अनुप महतोलाई शंका लागेर चेकजाँच गर्दा मलद्वारभित्र प्लास्टिकको पोका हालेर लुकाइ ल्याइएको ब्राउन सुगर जस्तो पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रहरीका अनुसार उक्त लिसाइलो पदार्थ प्लास्टिकसहित तौल गर्दा १० ग्राम १८० मिलिग्राम र प्लास्टिक हटाउँदा ९ ग्राम रहेको छ। महिनौँदेखि साना–साना मात्रामा प्रतिबन्धित पदार्थ सीमा हुँदै भित्र्याइने गतिविधि बढ्दै गएको पृष्ठभूमिमा यो पक्राउलाई प्रहरीले महत्वपूर्ण उपलब्धि मानेको छ।

महतोलाई पक्राउ गरी लागु औषध नियन्त्रण ऐन अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। सीमावर्ती क्षेत्रमा बढ्दो अवैध ओसारपसार नियन्त्रणका लागि थप कडाइ गरिएको पनि प्रहरीले जानकारी दिएको छ।

  • Jigyasanepal

थप