Breaking News
सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||    

कर्फ्यु हट्दै काठमाडौंमा जनजीवन सामान्य, सार्वजनिक सवारीसाधन सुचारु

  •   १ वर्ष अघि | २८ भदौ २०८२, शनिबार

२८ भदौ, काठमाडौं ।

कर्फ्यु हटेपछि काठमाडौं उपत्यकाको जनजीवन शनिबारदेखि सामान्य बन्दै गएको छ। गत मंगलबारदेखि ठप्प रहेका सार्वजनिक सवारीसाधन आज बिहानैदेखि बाक्लो संख्यामा चल्न थालेका छन्।

शुक्रबार फाट्टफुट्टमात्रै चलेका बस, ट्याक्सी र अन्य सार्वजनिक गाडी शनिबार बिहानैदेखि यात्रु बोकेर सडकमा गुड्न थालेका हुन्। चितवनतर्फबाट समेत काठमाडौंका लागि बसहरू प्रस्थान गरेका छन्।

जेनजी आन्दोलनकै कारण मंगलबारदेखि उपत्यकाभर सार्वजनिक यातायात पूर्णरूपमा ठप्प थियो। सुरक्षाकवचका रूपमा नेपाली सेनाले कर्फ्यु समेत लागू गरेकोले सवारीसाधन र बजार गतिविधि ठप्प भएको थियो। शनिबार बिहानदेखि सेनाले सडकबाट फिर्ता लिएसँगै जनजीवन सहज हुन थालेको हो।

सवारी सञ्चालनसँगै पसलहरू पनि खुल्न थालेका छन्। प्रदर्शनका क्रममा क्षति पुगेका पसलहरूमा व्यापारीहरूले बिहानैदेखि सरसफाइ सुरु गरेका छन्।

यससँगै नयाँ सरकार गठनपछि देशभर जनजीवन सामान्य बन्दै गएको छ। आन्दोलनपछि लगाइएका कर्फ्यु र निषेधाज्ञा अधिकांश स्थानमा हटाइएका छन् भने ललितपुर र भक्तपुरमा भने अझै कायम छन्।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारले भ्रष्टाचारविरुद्ध र सुशासन प्रवर्द्धनका नारासहित काम सुरु गरेको छ। सरकारले तोकिएको समयसीमाभित्र निर्वाचन सम्पन्न गरी सत्ता हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएको छ।

मध्यावधि चुनाव आउँदो फागुन २१ गते तोकिएको छ।

  • Jigyasanepal

थप