Breaking News
सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||    

असोजमा भीषण वर्षाको चेतावनी : मौसमविद्को सचेतना, किसानलाई सतर्क रहन आग्रह

  •   १२ महिना अघि | १४ असोज २०८२, मङ्लबार

काठमाडौं । देशले फेरि एकपटक असोजमा पोहोर सालझैँ भीषण वर्षा सामना गर्नुपर्ने खतरा बढेको मौसमविद्हरूले चेतावनी दिएका छन्। त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञानका सहप्राध्यापक डा. विनोद पोखरेलका अनुसार अक्टोबर ३ देखि ७ (असोज १७–२१) सम्म निरन्तर भारी वर्षा हुने सम्भावना अत्यधिक रहेको छ।

डा. पोखरेलले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै भनेका छन्, “फोरकास्ट नमिलोस् भनेर कामना गरौँ, तर पोहोर सालको असोजझैँ भीषण पानी पर्ने सम्भावना धेरै छ।” उनका अनुसार तीनवटा पृथक् मोडेलले सो अवधिमा लगातार ३–४ दिनसम्म भारी वर्षाको संकेत गरिरहेका छन्।

कृषकलाई विशेष सतर्क रहन आग्रह गर्दै उनले भनेका छन्, “भारी वर्षा हुने देखिएकोले बेलैमा आवश्यक सावधानी अपनाउन किसानलाई जानकारी दिनु जरुरी छ।” उनले यस वर्ष “हिले दसैँ” हुने प्रष्ट संकेतसमेत गरेका छन्।

यस्तै, मौसम पूर्वानुमान महाशाखाले मंगलबार बिहानै जारी गरेको बुलेटिनमा पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार बुधबारदेखि वर्षा क्रमशः तीव्र हुने र बिहीबार रातिदेखि पूर्वी नेपालमा ठूलो पानी पर्न सक्ने देखिएको छ।

भारतमा पनि अलर्ट जारी

पडोसी भारतले समेत असोज १७ देखि १९ सम्म सिक्किम, पश्चिम बंगाल र बिहार क्षेत्रमा भारी वर्षाको ‘अलर्ट’ जारी गरिसकेको छ। यसले नेपालका पूर्वी भू–भागलाई समेत असर गर्न सक्ने विज्ञहरूको अनुमान छ।

पोहोर सालको सम्झना

गत वर्ष असोज १० देखि १३ सम्म देशभर भीषण वर्षा भई ठूलो मानवीय तथा भौतिक क्षति भएको थियो। यसपटक पनि उस्तै खतरा देखिएकोले सरकारले आपतकालीन तयारी र सचेतना अभियान बलियो बनाउनुपर्ने आवश्यकता देखिएको छ।


📌 सुझाव :

किसानले धान, मकै लगायतका बाली सुरक्षित गर्ने उपाय तत्काल अपनाउनुपर्नेछ।

नदी–खोला आसपासका बस्तीमा सतर्कता बढाउन आवश्यक छ।

दशैँ यात्रामा निस्कन लागेका यात्रुले मौसम पूर्वानुमानअनुसार मात्र यात्रा तय गर्न उपयुक्त हुनेछ।

👉 असोज १७ देखि २१ सम्मको समयलाई संवेदनशील मानिँदै सबैलाई सचेत रहन मौसमविद्हरूले जोड दिएका छन्।


  • Jigyasanepal

थप