Breaking News
आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||    

स्वाट्टै घट्यो काठमाडौँको न्यूनतम तापक्रम, ८ डिग्रीमा झर्‍यो पारो

  •   ७ महिना अघि | ९ फाल्गुन २०८२, शनिबार

काठमाडौँ, फागुन ९ — काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम शनिबार बिहान स्वाट्टै घटेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान ५:४५ बजे गरिएको मापनमा काठमाडौँको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियसमा झरेको हो।

हिजो (शुक्रबार) सोही समयमा न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस मापन गरिएको थियो। बिहान ८:४५ बजे गरिएको अन्तिम मापनमा पनि १२ डिग्री नै कायम रहेको थियो। आजको वास्तविक न्यूनतम तापक्रम पनि बिहान ८:४५ बजे नै सार्वजनिक गरिने महाशाखाले जनाएको छ। सो समयसम्म तापक्रम अझै घट्ने सम्भावना रहने मौसमविद्हरूको भनाइ छ।

मौसमविद्का अनुसार राति आकाश बदली भई बादल लागेमा बिहान न्यूनतम तापक्रम तुलनात्मक रूपमा बढ्ने गर्छ। तर रातभर आकाश सफा रहेमा जमिनबाट ताप बाहिर निस्कने भएकाले तापक्रम घट्ने सम्भावना बढी हुन्छ।

यही प्रक्रियाको ठीक उल्टो प्रभाव दिउँसो देखिन्छ। दिनभर बादल लागे अधिकतम तापक्रम घट्ने सम्भावना रहन्छ भने आकाश सफा भई घाम लागेमा अधिकतम तापक्रम बढ्ने गर्छ।

यद्यपि हिउँद याम सकिन लागेकाले समग्र तापक्रम भने क्रमशः बढ्दो अवस्थामै रहेको मौसमविद्हरूले बताएका छन्।

मौसम महाशाखाले काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम दैनिक रूपमा मापन गर्दै आएको छ। सबैभन्दा कम मापन भएको तापक्रमलाई न्यूनतम र सबैभन्दा बढी पुगेको तापक्रमलाई अधिकतम तापक्रम भनिन्छ।

न्यूनतम तापक्रम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ। न्यूनतम तापक्रमले रातिदेखि बिहानसम्मको अवस्थालाई संकेत गर्छ भने अधिकतम तापक्रमले दिनभरको तापक्रमीय अवस्था जनाउने गर्छ।

  • Jigyasanepal

थप