Breaking News
आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||    

काठमाडौँमा लुटपाट मच्चाउने काभ्रेका विनय तामाङ पक्राउ

Gen-Z Movement को आडमा फरार युवकद्वारा ग्याङ सञ्चालन

  •   ८ महिना अघि | १६ माघ २०८२, शुक्रबार

काठमाडौँ

Gen-Z Movement का क्रममा प्रहरी हिरासतबाट फरार भएका काभ्रेपलाञ्चोकका एक युवाले काठमाडौँमा आपराधिक ग्याङ गठन गरी लुटपाट मच्चाएको खुलासा भएको छ।

काभ्रेको भुम्लु गाउँपालिका स्थायी घर भई हाल कागेश्वरी मनोहरा नगरपालिका–६, मूलपानी बस्दै आएका २३ वर्षीय विनय तामाङ आन्दोलनका क्रममा वृत्त महाराजगन्जको हिरासतबाट फरार भएका थिए। फरार भएपछि उनले काठमाडौँ उपत्यकामा संगठित ग्याङ बनाइ विभिन्न स्थानमा लुटपाट गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको हो।

प्रहरीका अनुसार उक्त ग्याङ विशेषगरी मध्यराति १२ बजेदेखि बिहान ४ बजेसम्म सक्रिय हुने गरेको थियो। बुधबार राति विशेष सूचनाका आधारमा गरिएको कारबाहीका क्रममा प्रहरीले गोली चलाएर विनय तामाङलाई नियन्त्रणमा लिएको हो। घटनामा संलग्न अन्य ९ जनालाई पनि पक्राउ गरिएको छ।

पक्राउ पर्नेहरूमा

सिन्धुलीका २४ वर्षीय आयन माझी,

सिन्धुपाल्चोकका ३० वर्षीय फुर्बा तामाङ,

रामेछापका २२ वर्षीय विशाल तामाङ,

काभ्रेका २९ वर्षीय पेमा तामाङ (उर्फ टाउके),

सिन्धुलीका ३२ वर्षीय सबिन माझी,

मोरङका २३ वर्षीय मनिष रसाइली,

खोटाङका २८ वर्षीय विदुर विश्वकर्मा,

काभ्रेको भुम्लु घर भएका १८ वर्षीय राजीव भण्डारी,

चौंरीदेउराली घर भई हाल कपन बस्दै आएका २० वर्षीय सलोन तामाङ रहेका छन्।

प्रहरीका अनुसार उनीहरूले काठमाडौँका विभिन्न स्थानमा समूह बनाएर लुटपाट, डरत्रास र अवाञ्छित गतिविधि गर्दै आएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको र घटनासँग जोडिएका अन्य पक्षबारे पनि छानबिन अघि बढाइएको प्रहरीले जनाएको छ।

Gen-Z Movement जस्तो राजनीतिक–सामाजिक आन्दोलनको आडमा केही व्यक्तिले आपराधिक गतिविधि सञ्चालन गरेको यो घटनाले आन्दोलनको मर्ममाथि प्रश्न उठाएको छ भने शान्ति सुरक्षा कायम गर्न प्रहरी निगरानी थप कडा बनाइएको छ।

  • Jigyasanepal

थप