Breaking News
आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||    

पश्चिमी वायुको आंशिक प्रभाव कायमै, आज पनि तराईमा हुस्सु र पहाडमा बदलीको सम्भावना

  •   ७ महिना अघि | २४ माघ २०८२, शनिबार

काठमाडौँ । नेपालमा अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसका कारण देशका विभिन्न भूभागमा हुस्सु, कुहिरो र आंशिक बदलीको अवस्था देखिएको छ।

महाशाखाका अनुसार शनिबार बिहान तराईका धेरै स्थान तथा उपत्यकाहरूमा हुस्सु/कुहिरो लागेको छ भने कोसी प्रदेशसहित देशका हिमाली तथा उच्च पहाडी भूभागमा आकाशमा पातला बादल देखिएका छन्। यसले चिसो बढ्नुका साथै दृश्यता कम गराएको छ।

दिउँसो कस्तो होला मौसम?

दिउँसो तराईका केही स्थानमा हुस्सु/कुहिरो कायमै रहने मौसम महाशाखाले जनाएको छ। कोसी र गण्डकी प्रदेशका हिमाली भूभागमा मौसम साधारणतया बदली रहनेछ भने देशका बाँकी भूभागमा आंशिक बदलीको अवस्था रहने अनुमान छ। यसैबीच, कोसी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।

राति पनि बदली र हिमपातको सम्भावना

रातिको समयमा तराईका थोरै स्थानमा हुस्सु देखिन सक्नेछ। कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा मौसम आंशिक बदली रहनेछ भने अन्य भूभागको मौसम मुख्यतया सफा रहने प्रक्षेपण गरिएको छ। यस्तै, कोसी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना कायमै छ।

मौसम महाशाखाले चिसो, हुस्सु र सम्भावित हल्का वर्षा तथा हिमपातलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन सर्वसाधारण, यात्रु तथा कृषकलाई आग्रह गरेको छ।

  • Jigyasanepal

थप