Breaking News
आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     देशभर मौसम बदली, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आजको रात म लेख्न सक्छु उदास पङ्क्तिहरू    ||     सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||    

गाजामा इजरायली आक्रमण: थप १३० प्यालेस्टाइनीको मृत्यु,

द्वन्द्वमा ज्यान गुमाउनेको संख्या ५० हजार नजिक

  •   २ वर्ष अघि | ९ चैत्र २०८१, शनिबार

गाजा, शनिबार – गाजापट्टीमा विगत ४८ घण्टामा इजरायली आक्रमणका कारण कम्तीमा १३० प्यालेस्टाइनीले ज्यान गुमाएका छन् भने २६३ जना घाइते भएका छन्। गाजास्थित स्वास्थ्य अधिकारीहरूले यो जानकारी दिएका हुन्।

सन् २०२३ को अक्टोबरमा सुरु भएको प्यालेस्टाइन–इजरायल द्वन्द्वले भयावह रूप लिँदै गएको छ। हालसम्म यस संघर्षमा मृत्यु हुनेको संख्या ४९ हजार ७४७ पुगेको छ भने घाइतेको संख्या एक लाख १३ हजार २१३ नाघिसकेको छ।

स्वास्थ्य अधिकारीहरूका अनुसार कैयौं पीडित भग्नावशेषमुनि फसेका छन्। नागरिक रक्षा टोलीले उद्धार प्रयास जारी राखे पनि धेरै स्थानहरूमा उनीहरूको पहुँच पुग्न नसकेको बताइएको छ।

गाजास्थित अस्पतालहरूले रक्तदानको अभाव झेलिरहेका छन्। त्यसैले स्थानीय स्वास्थ्य निकायहरूले गाजापट्टीका बासिन्दाहरूलाई अस्पतालमा गएर रक्तदान गर्न आह्वान गरेका छन्।

इजरायलले जनवरी १९ मा हमाससँगको युद्धविराम रद्द गरेपछि मंगलबारदेखि गाजामा पुनः आक्रमण सुरु गरेको थियो। यसपछि इजरायली सेनाले दक्षिणी, उत्तरी र मध्य गाजामा जमिन अपरेसन तीव्र पारेको छ।


(स्रोत: रासस/सिन्ह्वा)


  • RSS

थप