Breaking News
सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||    

आजको मौसम : कोशी र बागमतीका केही स्थानमा भारी वर्षाको चेतावनी

  •   १ वर्ष अघि | १ भदौ २०८२, आइतवार

काठमाडौं, भदौ १ – नेपालमा सक्रिय मनसुन प्रणाली अझै पूर्ण बलियो नभए पनि वर्षाको असर विभिन्न प्रदेशमा देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ अवस्थित छ। यससँगै बंगालको खाडीबाट लगातार जलवाष्पयुक्त हावा भित्रिँदै रहेकाले आज देशभर बदली र वर्षाको सम्भावना बढेको छ।

दिउँसोको स्थिति

आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। मधेस, कोशी र बागमती प्रदेशका तराई तथा पहाडी भूभागमा वर्षा तीव्र हुने अनुमान गरिएको छ। त्यस्तै, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा पनि वर्षा हुने सम्भावना छ।

कोशी र बागमती प्रदेशका पहाडी भागका केही स्थानमा भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले चेतावनी दिएको छ।

बाँकी तराईका कतिपय भूभागमा पनि मध्यम वर्षा पर्न सक्ने अनुमान गरिएको छ।

रातिको स्थिति

आज राति देशका धेरैजसो भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ।

मधेस, कोशी र सुदूरपश्चिम प्रदेशका साथै अन्य प्रदेशका पहाडी भूभागमा वर्षा तीव्र हुने सम्भावना छ।

विशेषगरी कोशी प्रदेशका तराई र पहाडी भागमा भारी वर्षाको उच्च सम्भावना भएकाले सतर्कता अपनाउन विभागले सुझाव दिएको छ।

सतर्कता अपनाउन आग्रह

विभागले विशेषगरी पहाडी भूभागमा हुने सम्भावित भूस्खलन, पहिरो, बाढी र खोला–नालामा पानीको सतह बढ्ने खतरा रहँदै आएको चेतावनी दिएको छ। साथै, तराईका कतिपय भागमा जलजमाव हुन सक्ने भएकाले सावधानी अपनाउन अनुरोध गरिएको छ। भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा यात्रा गर्दा सतर्कता अपनाउन, नदी–नालाको सतह नाघ्दा आवश्यक पूर्वतयारी गर्न र सम्भावित विपद् व्यवस्थापनमा स्थानीय निकाय र सुरक्षाकर्मीलाई सचेत रहन महाशाखाले आग्रह गरेको छ।

  • Jigyasanepal

थप