Breaking News
आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||    

बिहीबारको तुलनामा २.१ डिग्री घट्यो काठमाडौँको न्यूनतम तापक्रम, चिसो अझै बढ्ने संकेत

  •   ९ महिना अघि | ११ पुस २०८२, शुक्रबार

काठमाडौँ । काठमाडौँ उपत्यकामा चिसो थप बढ्दै गएको छ। बिहीबारको तुलनामा शुक्रबार काठमाडौँको न्यूनतम तापक्रम २.१ डिग्री सेल्सियसले घटेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (शुक्रबार) बिहान ५:४५ बजे गरिएको सुरुवाती मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस मापन गरिएको छ। यसअघि बिहीबार सोही समयमा उपत्यकाको न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियस रहेको थियो।

बिहीबार बिहान दोस्रोपटक ८:४५ बजे गरिएको आधिकारिक मापनमा पनि न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियस नै कायम रहेको मौसम महाशाखाले जनाएको थियो। आजको आधिकारिक न्यूनतम तापक्रम भने बिहान ८:४५ बजे पुनः मापन गरिनेछ। मौसमविद्हरूका अनुसार सो समयमा तापक्रम अझै घट्न सक्ने सम्भावना रहेको छ, यद्यपि केही अवस्थामा बिहानको सुरुवाती मापनकै तापक्रम कायम रहन पनि सक्छ।

मौसमविद्‌का अनुसार रातभर आकाशमा बादल लागेको अवस्थामा बिहान न्यूनतम तापक्रम केही बढ्ने गर्छ भने आकाश खुला र सफा रहेमा तापक्रम झन् घट्ने गर्दछ। न्यूनतम तापक्रम घट्नुको अर्थ बिहानको चिसो अझ तीव्र हुनु हो।

मौसम पूर्वानुमान महाशाखाले काठमाडौँसहित देशका विभिन्न स्थानमा दैनिक रूपमा न्यूनतम र अधिकतम तापक्रम मापन गर्दै आएको छ। न्यूनतम तापक्रम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ। दिनभरि सबैभन्दा कम पुगेको तापक्रमलाई न्यूनतम र सबैभन्दा बढी पुगेको तापक्रमलाई अधिकतम तापक्रम मानिन्छ।

तापक्रम लगातार घट्दै गएपछि काठमाडौँ उपत्यकासहित पहाडी क्षेत्रमा चिसोको प्रभाव बढ्ने संकेत देखिएको मौसमविद्हरूले बताएका छन्। चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन विज्ञहरूको सुझाव छ।

  • Jigyasanepal

थप