Breaking News
आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||    

भारतबाट तीव्र गतिमा आइरहेको मोटरसाइकल झापामा दुर्घटनाग्रस्त, पछाडि सवार व्यक्तिको मृत्यु

  •   ८ महिना अघि | १७ माघ २०८२, शनिबार

झापा

भारतबाट नेपालतर्फ तीव्र गतिमा आइरहेको मोटरसाइकल झापामा दुर्घटना हुँदा एक व्यक्तिको ज्यान गएको छ भने चालक घाइते भएका छन्।

झापाको मेचीनगर नगरपालिका–६ स्थित मेची पुलमा शुक्रबार राति करिब १० बजे नेपालतर्फ आउँदै गरेको प्र १–०१–०१२ प ३८४९ नम्बरको मोटरसाइकल सडकमा राखिएको ब्यारिकेटमा ठोक्किँदा दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय, झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार दुर्घटनामा मोटरसाइकलको पछाडि सवार मेचीनगर–६ निवासी ४० वर्षीय चेतन कटुवाल गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि मेची आम्दा अस्पताल, धुलाबारी पुर्‍याइए पनि उपचारकै क्रममा राति १०ः५५ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।

दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर–६ निवासी ३५ वर्षीय काशीनाथ पौडेल पनि घाइते भएका छन्। उनको अवस्था मध्यम रहेको र थप उपचारका लागि बिर्तामोडस्थित बीएन्डसी अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

मृतक कटुवालको शव हाल मेची आम्दा अस्पतालमै राखिएको छ।

प्रहरीका अनुसार दुर्घटना तीव्र गतिका कारण भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

सीमावर्ती क्षेत्रमा रातिको समयमा हुने तीव्र गति र असावधानीले मानवीय क्षति बढ्दै गएको भन्दै प्रहरीले सवारी चालकलाई गति नियन्त्रण र ट्राफिक नियमको कडाइका साथ पालना गर्न आग्रह गरेको छ।

  • Jigyasanepal

थप