Breaking News
आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||    

उच्च अदालत तुलसीपुर बुटवलले रवि लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश

  •   ९ महिना अघि | ३ पुस २०८२, बिहिबार

काठमाडौं, ३ पौष २०८२ – उच्च अदालत तुलसीपुर बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई आज बिहीबार रिहा गर्न अदालतले अनुमति दिएको हो।

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवर का अनुसार, रविलाई २ करोड ७४ लाख ८४ हजार रुपैयाँ धरौटी रकम राखेपछि थुनामुक्त गरिने आदेश जारी भएको छ। अदालतले विदेश यात्रा गर्ने अनुमति पनि दिइएको भए तापनि त्यसका लागि पुनः अदालतको पूर्वअनुमति लिनुपर्ने सर्त राखिएको छ।

उच्च अदालत बुटवल इजलासका न्यायाधीश बासुदेव आचार्य र तेजनारायण पौडेल को संयुक्त इजलासले बिहीबारको फैसलामा रुपन्देही जिल्ला अदालतले जारी गरेको थुनामा पठाउने आदेशलाई बदर गर्दै, लामिछानेलाई सर्तसहित धरौटीमा रिहा गर्ने निर्णय गरेको हो।

यस आदेशसँगै लामिछानेलाले थुनाबाट मुक्त भएर आफ्नो व्यक्तिगत तथा राजनीतिक गतिविधि सञ्चालन गर्न सक्ने अवस्था बनेको छ।

  • Jigyasanepal

थप