Breaking News
आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||    

जंगली च्याउले फेरि लियो बालिकाको ज्यान, एउटै परिवारका दुई बालबालिका गम्भीर अवस्थामा

  •   ४ महिना अघि | १ जेष्ठ २०८३, शुक्रबार

भरतपुर । चितवनको इच्छाकामना गाउँपालिकामा जंगली च्याउ खाँदा एक बालिकाको मृत्यु भएको छ भने एउटै परिवारका दुई जना बालबालिका गम्भीर बिरामी परेका छन्। गाउँमा सामान्य मानिएको जंगली च्याउले फेरि दुःखद घटना निम्त्याएपछि स्थानीय क्षेत्र शोकमा डुबेको छ।

इच्छाकामना गाउँपालिका–१ कुलबाङकी ६ वर्षीया नमुना चेपाङको बिहीबार बिहान घरमै मृत्यु भएको हो। उनी हात्तीबाङस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा २ मा अध्ययनरत थिइन्।

उनीसँगै च्याउ खाएका उनका दाजु सजन चेपाङ र दिदी मनिता चेपाङ गम्भीर बिरामी परेका छन्। सजन कक्षा ३ र मनिता कक्षा ५ मा अध्ययनरत विद्यार्थी हुन्। दुवैलाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको छ।

स्थानीयका अनुसार परिवारले गत मंगलबार जंगलबाट ल्याइएको च्याउ पकाएर खाएको थियो। त्यसपछि सबैको स्वास्थ्यमा समस्या देखिए पनि उनीहरू घरमै बसेका थिए। बिहीबार बिहान नमुनाको मृत्यु भएपछि मात्रै घटना बाहिर आएको थियो।

हात्तीबाङ विद्यालयका प्रधानाध्यापक लोकबहादुर मगरका अनुसार गाउँलेहरूले बिरामी बालबालिकालाई स्वास्थ्य संस्थामा ल्याएपछि तत्काल गाडीको व्यवस्था गरेर भरतपुर अस्पताल पठाइएको हो।

“एक जनाको मृत्यु भइसकेको अवस्थामा बाँकी दुई जनालाई जोगाउन हतारहतार अस्पताल ल्याएका हौँ,” प्रधानाध्यापक मगरले भने, “उनीहरूको अहिले उपचार भइरहेको छ।”

भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन एवं सहायक मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोद पौडेलका अनुसार १२ वर्षीया मनिता चेपाङको अवस्था अत्यन्त गम्भीर छ। उनलाई भेन्टिलेटरमा राखेर उपचार गर्ने तयारी भइरहेको अस्पतालले जनाएको छ।

डा. पौडेलका अनुसार जंगली च्याउमा पाइने ‘एमेनिटा’ नामक विषालु तत्वले कलेजोमा गम्भीर असर पुर्‍याउँछ। समयमै उपचार नपाए कलेजो फेल हुने, मिर्गौलामा असर पर्ने, दिमागमा प्रभाव पर्ने र अन्ततः बिरामीको मृत्यु हुन सक्ने उनले बताए।

घटनामा बालबालिकाका बुबा श्यामबहादुर चेपाङ र आमा पदममाया चेपाङले पनि सोही च्याउ खाएको खुलेपछि अस्पतालले उनीहरूलाई समेत परीक्षणका लागि बोलाएको छ। चिकित्सकका अनुसार ठूलो उमेरका व्यक्तिमा विषको असर केही ढिलो देखिन सक्छ।

वडाध्यक्ष सन्तबहादुर मगरले ग्रामीण क्षेत्रमा जंगली च्याउबारे चेतनाको कमी हुँदा यस्ता घटना दोहोरिने गरेको बताए। स्थानीय प्रशासन र स्वास्थ्यकर्मीहरूले पहिचान नभएका जंगली च्याउ सेवन नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।

  • Jigyasanepal

थप