Breaking News
सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||    

जिप दुर्घटना : चार जनाको मृत्यु, छ जना घाइते – सबै एउटै वडाका

  •   १ वर्ष अघि | १२ भदौ २०८२, बिहिबार

भदौ १२, २०८२ बिहिबार | कञ्चनपुर

डडेल्धुरामा बिहीबार बिहान भएको जिप दुर्घटनाले एकै वडालाई शोकमग्न बनाएको छ।

नवदुर्गा गाउँपालिका–५ का चार जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

 मृत्यु हुने

सुरेश साउद (१८ वर्ष)

सुरेश पार्की (२३ वर्ष)

तारा अवस्थी (४० वर्ष, शिक्षक – भूमिराज आधारभूत विद्यालय, चौड)

कलावती साउद (७२ वर्ष)

घाइते हुने

सुशीला विक (१८ वर्ष)

प्रतीक पार्की (४ वर्ष)

चन्द्रबहादुर साउद (४८ वर्ष)

गणेशबहादुर साउद (४२ वर्ष)

प्रकाश विक (४४ वर्ष)

रामबहादुर साउद (३५ वर्ष, चालक)

घाइतेहरूको उपचार अहिले डडेल्धुरा अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ।

 दुर्घटनाको विवरण

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक डम्बर विष्टका अनुसार,

से १ ज ७३८ नम्बरको जिप नवदुर्गा–५ चौडको कच्ची सडकमा दुर्घटनामा परेर करिब ५०० मिटर तल जंगलमा खसेको हो।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

गाउँ शोकमा

मृतकमध्ये तारा अवस्थी शिक्षक भएकाले विद्यालय समुदायसमेत शोकाकुल बनेको छ।

एउटै वडाका चार जना ज्यान गुमाउँदा नवदुर्गा गाउँपालिका–५ मा स्तब्ध वातावरण छाएको छ।

  • Jigyasanepal

थप