काठमाडौं । शनिबार, असोज १८, २०८२
देशभर मनसुनी वायुको प्रभाव तीव्र बनेपछि आज विभिन्न प्रदेशमा मध्यमदेखि धेरै भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार बिहानैदेखि काठमाडौंसहित केही स्थानमा वर्षा सुरु भइसकेको छ। दिउँसो देशभर साधारणतया बदली रहनेछ भने कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागमा व्यापक वर्षा हुने सम्भावना छ।
👉 आजको मुख्य पूर्वानुमान
कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका धेरै स्थानमा मध्यमदेखि भारी वर्षा
लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा समेत भारी वर्षा
मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा धेरै भारी वर्षा
बाँकी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा
विभागका अनुसार राति पनि मौसम सुधार हुने सम्भावना छैन। कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा पूर्ण बदली रहनेछ भने लुम्बिनीमा धेरै स्थानमा र अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ।
हाल देशभर बंगालको खाडीबाट आएको जलवाष्पयुक्त मनसुनी वायुको प्रभाव रहेका कारण भारी वर्षा हुने विभागले प्रष्ट पारेको छ।
🌧️ सावधानी अपनाउन विभागको सुझाव :
नदी किनार र पहिरो सम्भावित क्षेत्रमा सतर्क रहनुहोस्
आकस्मिक यात्रा नगर्नुहोस्, विशेषगरी रातको समयमा
स्थानिय प्रशासन र विपद् व्यवस्थापन निकायको सूचना पालना गर्नुस्
🚨 नोट : अत्यधिक वर्षाका कारण बाढी, पहिरो र आकस्मिक दुर्घटनाको जोखिम उच्च हुने भएकाले सतर्कता अत्यावश्यक छ।
-
Jigyasanepal