Breaking News
सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||    

लाङटाङ यात्रामा भयावह त्रासदी: भक्तपुरका ४ युवायुवती बेरिङ खोल्साले बगायो, २२ जनाको संयुक्त उद्धार टोली खटियो

  •   १२ महिना अघि | १८ असोज २०८२, शनिबार

असोज १८, २०८२ | रसुवा

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–४, बेरिङ खोल्सामा आएको बाढीले भक्तपुरका चार जना युवायुवतीलाई बगाएको हृदयविदारक घटना घटेको छ।


भक्तपुरबाट १६ जनाको समूह लाङटाङ घुम्न गएका थिए। उनीहरू असोज १७ गते (शुक्रबार) राति ब्याम्बोस्थित होटलमा बास बसेर शनिबार लाङटाङतर्फ प्रस्थान गरेका थिए। तर साँझ करिब ६ बजे तीमध्ये चार जनालाई खोल्साले बगाएको जिल्ला प्रहरी कार्यालय रसुवाले पुष्टि गरेको छ।


बेपत्ता हुनेहरूमा —


२५ वर्षीया संस्कृति श्रेष्ठ,


२५ वर्षीय किशन श्रेष्ठ,


२५ वर्षीया संगीता श्रेष्ठ, र


२३ वर्षीय रवि श्रेष्ठ (भक्तपुर–१०) रहेका छन्।



उनीहरू सबै भक्तपुर ठिमी नगरपालिका र भक्तपुर नगरपालिकाका बासिन्दा हुन्।


घटनापछि उनीहरूसँगै रहेका रोज कर्माचार्यले तुरुन्त प्रहरीलाई जानकारी गराएका थिए। त्यसपछि उद्धारका लागि विभिन्न सुरक्षा निकायहरू परिचालन गरिएको हो।


उद्धारमा खटिएका टोलीहरू:


प्रहरी निरीक्षक सुरथ गिरीको कमाण्डमा लाङटाङ प्रहरी चौकीबाट २ जना,


जमदार धिरबहादुर भुजेलको नेतृत्वमा नेपाली सेनाको लाङटाङ बेस क्याम्पबाट ६ जना,


प्रहरी निरीक्षक अनिलकुमार शाहको कमाण्डमा स्याफ्रुबेसी चौकीबाट ४ जना,


सहायक सेनानी प्रेमसिंह धामीको नेतृत्वमा स्याफ्रुबेसीस्थित नेपाली सेनाबाट १० जना —

यसरी जम्मा २२ जनाको संयुक्त उद्धार टोली तत्काल घटनास्थलतर्फ खटिएको प्रहरीले जानकारी दिएको छ।

तर, उक्त स्थान प्रहरी चौकी लाङटाङबाट करिब ६ घण्टा उत्तर र स्याफ्रुबेसीबाट ६ घण्टा पूर्व पैदल दूरीमा पर्ने भएकाले टोली पैदलमार्ग हुँदै बाढी प्रभावित क्षेत्रमा पुगिरहेको बताइएको छ।


लगातार वर्षाका कारण खोल्सामा पानीको बहाव अत्यधिक बढेपछि दुर्घटना भएको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ।


स्थानीयहरूले भने मौसम प्रतिकूल हुँदा पनि समूहले यात्रा निरन्तरता दिएको र सोही क्रममा बाढीको लहरमा परेर उनीहरू बगेको बताएका छन्।


सुरक्षाकर्मीहरू अहिले घटनास्थलमा उद्धार र खोजी कार्यमा जुटिरहेका छन्। हालसम्म कुनै पनि बेपत्ताको फेला परिएको छैन।


प्रहरी र प्रशासनले उच्च सतर्कता अपनाउन सबै यात्रु र पर्यटकलाई आग्रह गरेको छ — वर्षायाममा खोल्सातर्फको यात्रा नगर्न र स्थानीय सूचनालाई प्राथमि

कता दिन अपिल गरिएको छ।


  • Jigyasanepal

थप