Breaking News
आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||    

सरकारले स्पष्ट भन्यो– नेपालमा हान्टा भाइरसको जोखिम अत्यन्त न्यून, अफवाहमा नलाग्न आग्रह

  •   ४ महिना अघि | ७ जेष्ठ २०८३, बिहिबार

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपालमा हान्टा भाइरस संक्रमणको जोखिम अत्यन्त कम रहेको स्पष्ट पारेको छ। पछिल्लो समय सामाजिक सञ्जालमा फैलिरहेका विभिन्न अफवाहबीच मन्त्रालयले आधिकारिक सूचना बाहेक अन्य भ्रामक प्रचारको पछि नलाग्न सर्वसाधारणलाई आग्रह गरेको हो।

मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीका अनुसार हान्टा भाइरस समूहअन्तर्गत पर्ने ‘एन्डिज भाइरस’ फैलाउने प्रकारका मुसा नेपालमा नपाइने भएकाले नेपालमा यसको जोखिम अत्यन्त न्यून रहेको छ। उनले नेपालमा अहिलेसम्म हान्टा भाइरस संक्रमण पुष्टि नभएको पनि जानकारी दिए।

हान्टा भाइरस एक दुर्लभ प्रकारको भाइरस हो, जुन मुख्यतः संक्रमित मुसाको पिसाब, दिसा तथा ¥यालमार्फत मानिसमा सर्ने वैज्ञानिक अध्ययनहरूले देखाएका छन्। मानिसबाट मानिसमा संक्रमण हुने सम्भावना अत्यन्त सीमित रहेको र सामान्यतया धेरै नजिकको सम्पर्कमा मात्र संक्रमण सर्न सक्ने बताइएको छ।

मन्त्रालयले अनावश्यक त्रास फैलाउने गतिविधिबाट सचेत रहन र केवल मन्त्रालय तथा आधिकारिक निकायबाट जारी हुने सूचनामा मात्रै विश्वास गर्न आग्रह गरेको छ।

साथै हान्टा भाइरस लगायत संक्रामक रोगबाट बच्न घर तथा वरपरको वातावरण सफा राख्न, मुसा पस्न सक्ने सम्भावित स्थान बन्द गर्न, मुसाको फोहोर सफा गर्दा मास्क र पन्जा प्रयोग गर्न तथा साबुनपानीले नियमित हात धुन सुझाव दिइएको छ।

ज्वरो आउने, श्वासप्रश्वासमा समस्या देखिने वा अन्य असामान्य लक्षण देखा परे तत्काल नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न मन्त्रालयले सबैलाई अनुरोध गरेको छ।

  • Jigyasanepal

थप