Breaking News
सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||    

बानेश्वर गोलीकाण्ड : सोमबार मृत्यु भएका १७ मध्ये १६ जनाको सनाखत सार्वजनिक

  •   १ वर्ष अघि | २४ भदौ २०८२, मङ्लबार

काठमाडौं, भदौ २४ । सोमबार बानेश्वर चोकमा भएको रक्तपातमा ज्यान गुमाएका १७ जनामध्ये १६ जनाको सनाखत भएको छ । सुरक्षाकर्मीको गोली लागेर घाइते भई काठमाडौंका विभिन्न अस्पताल पुर्‍याइएका तीमध्ये धेरैलाई बचाउन नसक्दा उनीहरूको मृत्यु भएको हो ।

अस्पताल स्रोतका अनुसार, ८ जनाको मृत्यु ट्रमा सेन्टरमा भएको छ । तीमध्ये —

कीर्तिपुरका ४१ वर्षीय बुद्धबहादुर तामाङ

उदयपुर, बेलका–४ का २९ वर्षीय सन्तोष विक

बाँकेका २५ वर्षीय सुलभदास श्रेष्ठ

ठेगाना नखुलेका १९ वर्षीय सयिम चौलागाई

काठमाडौं, बनस्थलीका २६ वर्षीय ईश्वर अधिकारी

वतन नखुलेका २९ वर्षीय आयुष थापा

वतन नखुलेका २७ वर्षीय गौरव जोशी

सिन्धुपाल्चोक, बाह्रबिसे–६ का २१ वर्षीय योगेश श्रेष्ठ

त्यसैगरी, सिभिल अस्पतालमा अर्घाखाँचीका १८ वर्षीय निश्चल सारु मगर, गोरखा, बारपाक सुलीकोट–५ का २२ वर्षीय विमल भट्ट र अर्का एक जनाको नाम नखुलेको युवकको मृत्यु भएको छ ।

केएमसी अस्पतालमा बनस्थलीका ३० वर्षीय सौरभ किशोर श्रेष्ठ र बझाङ घर भई कीर्तिपुर बस्ने २३ वर्षीय सुशन बोहोराले ज्यान गुमाए ।

त्रिवि शिक्षण अस्पतालमा २३ वर्षीय रसिद खतिवडाको मृत्यु भएको छ ।

त्यस्तै, एभरेष्ट अस्पतालमा ललितपुर महानगर–७ का ३० वर्षीय विनोद महर्जन, काभ्रे तिमालका ४२ वर्षीय दली नारायण तामाङ र भक्तपुर, दुवाकोटका २३ वर्षीय योगेन्द्र न्यौपानेको मृत्यु भएको हो ।

मृतक मध्ये एक जनाको सनाखत भने अझै बाँकी छ ।

  • Jigyasanepal

थप