Breaking News
आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     देशभर मौसम बदली, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आजको रात म लेख्न सक्छु उदास पङ्क्तिहरू    ||     सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||    

सोलुखुम्बुको लिखुपिके गाउँपालिका कार्यालयमा आगलागी, सरकारी दस्तावेज नष्ट

  •   २ वर्ष अघि | १८ फाल्गुन २०८१, आइतवार

सोलुखुम्बु – लिखुपिके गाउँपालिका–३, काफ्लेचौरस्थित गाउँपालिका कार्यालयमा आइतबार दिउँसो आगलागी भएको छ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार बिजुलीको तार सर्ट हुँदा लागेको आगोले दुईतले भवन जलेर नष्ट भएको छ। सो भवनमा गाउँपालिकाको प्राविधिक शाखा, स्टोर र प्रधानमन्त्री रोजगार कार्यक्रमको शाखा सञ्चालनमा रहेको थियो।

आगलागीपछि स्थानीयवासी र प्रहरी टोलीको सक्रियतामा नियन्त्रणमा लिइएको थियो। तर, आगोले सरकारी दस्तावेज जलेर नष्ट भएको छ।

घटनास्थलमा प्रहरी निरीक्षकको नेतृत्वमा टोली परिचालन गरिएको थियो। आगलागीका क्रममा ग्यास सिलिन्डर विस्फोट हुँदा आगो थप फैलिएको प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए।

प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेका अनुसार घटनामा कुनै मानवीय क्षति नभए पनि महत्वपूर्ण सरकारी कागजात जलेका छन्। आगलागीबाट भएको क्षतिको विस्तृत विवरण संकलन गर्ने कार्य भइरहेको छ।


  • Jigyasa media

थप