Breaking News
आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     देशभर मौसम बदली, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आजको रात म लेख्न सक्छु उदास पङ्क्तिहरू    ||     सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||    

ट्यांकरको ठक्कर: दुई बालकको मृत्यु, स्थिति तनावग्रस्त

  •   २ वर्ष अघि | १० चैत्र २०८१, आइतवार

बाँके

बाँकेको डडुवा गाउँपालिकामा भएको सवारी दुर्घटनामा दुई बालकको ज्यान गएपछि स्थानीय क्षेत्रमा तनाव सिर्जना भएको छ।

डडुवा–२ स्थित बेतहनी चोकमा भे १ ख ४१०७ नम्बरको पानी बोक्ने ट्यांकरले ठक्कर दिँदा ८ वर्षीय विशाल गोदिया र ९ वर्षीय शिउकुमार गोदियाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

दुर्घटनापछि आक्रोशित स्थानीयले ट्यांकरमा आगजनी गरेका छन् भने प्रहरी चौकीमा समेत ढुंगामुढा भएको छ।

घटनालगत्तै प्रहरीले चालकलाई नियन्त्रणमा लिएको छ। स्थानीयले प्रदर्शन जारी राखेका छन् भने स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिएको छ।


  • Jigyasa media

थप