Breaking News
आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     देशभर मौसम बदली, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आजको रात म लेख्न सक्छु उदास पङ्क्तिहरू    ||     सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||    

देशका केही भागमा आज बदली, उच्च पहाडमा हिमपातको सम्भावना

  •   २ वर्ष अघि | १३ फाल्गुन २०८१, मङ्लबार

काठमाडौं । आज देशका केही भागमा बदली रहने तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने अनुमान गरिएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान देशका पहाडी क्षेत्रहरूमा आंशिक बदली देखिएको छ, भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। केही तराई क्षेत्रहरूमा हुस्सु लागेको छ।

विभागका अनुसार दिउँसो कोसी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपात हुन सक्छ। हाल नेपालमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव देखिएको मौसमविद्हरूले बताएकाछन्।


  • Jigyasa media

थप