Breaking News
आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     देशभर मौसम बदली, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आजको रात म लेख्न सक्छु उदास पङ्क्तिहरू    ||     सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||    

घरको छाना खस्दा एकै परिवारका पाँचजनाको ज्यान गयो

  •   २ वर्ष अघि | १७ फाल्गुन २०८१, शनिबार

नयाँदिल्ली: भारतको पञ्जाब राज्यमा घरको छाना खस्दा एकै परिवारका पाँच सदस्यको मृत्यु भएको छ।

अमृतसरबाट करिब २८ किलोमिटर दक्षिणमा रहेको तरनतारन जिल्लाको पाण्डोरी गोला गाउँमा शनिबार बिहान ४:३० बजे घरको पुरानो छत अचानक भत्किएको थियो। दुर्घटनाका बेला परिवारका सदस्यहरू सुतिरहेका थिए।

स्थानीयले तत्काल उद्धार कार्य सञ्चालन गरी पीडितहरूलाई भग्नावशेषबाट बाहिर निकाले। तर, अस्पताल पुर्‍याउँदा चिकित्सकहरूले उनीहरूलाई मृत घोषित गरे। प्रहरीका अनुसार ज्यान गुमाउनेहरूमा एक दम्पती र तिनका तीन सन्तान छन्।

घर जीर्ण अवस्थामा रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। स्थानीय प्रशासनले घटनाको अनुसन्धान अगाडि बढाएको छ।


  • Jigyasa media

थप