Breaking News
सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||    

जम्मु–कश्मीरमा मध्यरातिको ठूलो विस्फोट: प्रहरी स्टेसनमै दुःखद घटनामा ६ जनाको मृत्यु, देशभर उच्च सतर्कता

  •   १० महिना अघि | २९ कार्तिक २०८२, शनिबार

जम्मु–कश्मीर, श्रीनगर — सुरक्षाका सबैभन्दा संवेदनशील क्षेत्रमध्ये मानिने श्रीनगरको नौगाम प्रहरी स्टेसन शुक्रबार मध्यराति विनाशकारी विस्फोटले थर्किएको छ। स्थानीय समय राति ११:२० बजे भएको उक्त विस्फोटले प्रहरी संरचना मात्र होइन, सम्पूर्ण सुरक्षायन्त्रलाई उच्च अलर्टमा पुर्‍याइदिएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार विस्फोटमा ६ जनाको मृत्यु भएको पुष्टि भएको छ भने २७ जना गम्भीर घाइते छन्। घाइतेमध्ये धेरैजसो प्रहरी, फरेन्सिक अधिकृत तथा घटनास्थलमा खटिएका विशेषज्ञ रहेको बताइएको छ। घाइतेहरूलाई ९२ आर्मी बेस अस्पताल र एसकेआईएमएस सौरा अस्पतालमा भर्ना गरिएको छ।

जफत गरिएको विस्फोटक परीक्षणकै बीचमा विस्फोट

उक्त विस्फोट ह्वाइट–कलर आतंक मोड्युल केस सम्बन्धी अनुसन्धानकै क्रममा भएको बताइएको छ। प्रहरी टोलीले जफत गरिएको विस्फोटक पदार्थको नमुना परीक्षण गर्दै गरेको बेला अचानक तीव्र विस्फोट विस्फोट भएको हो।

उक्त विस्फोटक हरियाणाको फरिदाबादस्थित डा. मुजम्मिल गनाईको भाडाको घरबाट बरामद गरिएका ३६० किलो अमोनियम नाइट्रेटको एक अंश भएको पुष्टि भएको छ। दिल्ली विस्फोट प्रकरणपछि पक्राउ परेका आठ जनेमध्ये गनाई एक प्रमुख योजनाकार मानिन्छन् ।

लालकिल्ला नजिकैको कार विस्फोटसँग सम्बन्ध

गत नोभेम्बर १० मा दिल्लीको लालकिल्ला मेट्रो स्टेशन नजिकै कार विस्फोट हुँदा १३ जनाको मृत्यु भएको घटनासँग पनि नौगाम विस्फोटको सम्बन्ध रहेको शंका प्रहरीले गरेको छ। सोही शृङ्खलाबद्ध अनुसन्धानकै क्रममा बरामद गरिएको विस्फोटक परीक्षण भइरहेका बेला दुर्घटना भएको सुरुवाती अनुमान छ।

उच्च सतर्कता, सीमा र सुरक्षा निकाय कडाइमा

घटनापछि नौगाम मात्र होइन, पूरै श्रीनगर र सीमा क्षेत्रहरूमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ। विस्फोट आतंकसम्बन्धी हुनसक्ने प्रारम्भिक विश्लेषणपछि सुरक्षा एजेन्सीहरू पूर्ण तयारीमा छन्

उक्त विस्फोटले भारतको सुरक्षा संयन्त्रमा गम्भीर चुनौती उठाउँदै आतंक गतिविधि फेरि सक्रिय भएको संकेत दिएको विश्लेषकहरू बताउँछन्।

  • Jigyasanepal

थप