Breaking News
आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     देशभर मौसम बदली, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आजको रात म लेख्न सक्छु उदास पङ्क्तिहरू    ||     सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||    

बर्दियामा चितुवाको आक्रमणबाट महिलाको ज्यान गयो

  •   २ वर्ष अघि | २५ माघ २०८१, शुक्रबार

बर्दिया – बर्दियाको मधुवन नगरपालिका-७ मा बाख्रा चराउन गएकी एक महिलामाथि चितुवाले आक्रमण गर्दा ज्यान गएको छ।

५१ वर्षीया जुनाकुमारी लामिछाने शुक्रबार बिहान बाख्रा चराउने क्रममा चितुवाको आक्रमणमा परेकी थिइन्। घटना नेपाल-भारत सीमाक्षेत्र नजिकै भएको हो।

स्थानीयका अनुसार बिहान करिब ११ बजे चितुवाले महिलामाथि आक्रमण गरेको थियो। चितुवाको आक्रमण देखेपछि स्थानीयले होहल्ला गरेपछि चितुवा भागेको थियो।

घटनाको खबर दिउँसो करिब १:३० बजे मात्र प्रहरीलाई दिइएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता डिएसपी ऋषिराम घर्ती मगरले जानकारी दिए।

गम्भीर घाइते भएकी लामिछानेलाई उपचारका लागि जिल्ला अस्पताल गुलरिया लगिएको थियो। तर, अस्पताल पुग्नासाथ चिकित्सकले उनलाई मृत घोषित गरे।

प्रहरी र वन विभागले घटनास्थल आसपास चितुवाको खोजी तथा नियन्त्रण प्रयास गरिरहेको जनाएको छ। स्थानीयलाई वन्यजन्तुसँग सतर्क रहन आग्रह गरिएको छ।


  • Jigyasa media

थप