Breaking News
आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     देशभर मौसम बदली, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आजको रात म लेख्न सक्छु उदास पङ्क्तिहरू    ||     सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||    

केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना, हिमाली क्षेत्रमा हिमपातको पूर्वानुमान

  •   २ वर्ष अघि | १२ चैत्र २०८१, मङ्लबार

काठमाडौं, चैत १२ – जल तथा मौसम विज्ञान विभागले देशका केही भागमा वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ।

आज बिहान पहाडी भूभागहरूमा आंशिक बदली देखिएको छ भने अन्य स्थानमा मौसम मुख्यतः सफा रहेको छ। विभागका अनुसार दिउँसो कोसी र गण्डकी प्रदेशका केही पहाडी क्षेत्रमा मेघगर्जनसहित हल्का वर्षा हुन सक्ने सम्भावना छ।

यस्तै, उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपात हुने अनुमान गरिएको छ। हाल देशमा पश्चिमी प्रणाली र स्थानीय वायुले प्रभाव पारिरहेको मौसमविद्हरूले बताएका छन्।

मौसम परिवर्तनका कारण चट्याङ, असिनापानी वा हिमपात हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।


  • Jigyasa media

थप