Breaking News
आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     देशभर मौसम बदली, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आजको रात म लेख्न सक्छु उदास पङ्क्तिहरू    ||     सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||    

बन्दीपुरमा वडासचिवमाथि वडाध्यक्षको आक्रमण, मिलापत्रका लागि दबाब

  •   २ वर्ष अघि | ६ फाल्गुन २०८१, मङ्लबार

बन्दीपुर (तनहुँ) । बन्दीपुर गाउँपालिका–६ का वडाध्यक्ष बलबहादुर गुरुङद्वारा वडासचिव नवीन भुसालमाथि भएको आक्रमणले कर्मचारी जगतलाई तरंगित बनाएको छ।

वडाध्यक्ष गुरुङले कप भलिबल प्रतियोगिताको बिल पास नगरेको भन्दै सचिव भुसालमाथि कुटपिट गरेका थिए। घटनापछि बन्दीपुर गाउँपालिकाका कर्मचारीहरूले अत्यावश्यकबाहेकका सबै सेवा ठप्प पार्ने चेतावनी दिएका छन्।

कारबाहीको माग र राजनीतिक दबाब

कर्मचारी संगठनहरूले दोषीलाई कडा कारबाही गर्न माग गरिरहेका छन्। तर, वडाध्यक्षलाई पक्राउ गरे पनि कुन मुद्दा चलाउने भन्ने विषयमा प्रहरी अन्योलमा छ।

जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी राजु अधिकारीका अनुसार पीडितको जाहेरी अनुसार मात्र मुद्दा अघि बढ्नेछ। ‘घटनाको गम्भीरता हेर्दा मिलापत्र सम्भव देखिँदैन,’ उनले भने।

यता, वडाध्यक्ष गुरुङले आफैं आक्रमण गरेको स्वीकार्दै भनेका छन्, ‘मुखले नमानेपछि हातले हानेँ, तीन झापड हानेकै हो।’

तर, उनी निकट राजनीतिक व्यक्तिहरूले घटना मिलाउन दबाब दिइरहेको बताइएको छ। गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले ‘के मिलेन र, ४/४ झापड हाने होलान् !’ भन्दै गैरजिम्मेवार टिप्पणी गरेका छन्।

वडासचिवको बयान : 'घाँटी समाएर भित्तामा टाँसे'

वडाध्यक्ष गुरुङको आक्रमणबाट जोगिएर वडासचिव भुसालले प्रमुख प्रशासकीय अधिकृत यादवराज आचार्यलाई फोन गरेका थिए। उनलाई तत्काल अस्पताल लगिएको थियो।

भुसालका अनुसार वडाध्यक्षले ‘तपाईं पालिकामा जाने कि नजाने ?’ भन्दै धम्की दिएपछि उनले बिल मिलाउनुपर्ने बताए। त्यसपछि वडाध्यक्षले ‘तैंले कमिसन खान खोजेको हो ?’ भन्दै घाँटी समाएर झापड हानेको उनले बताए।

‘करिब ३ मिनेटसम्म घाँटी समातेर झकझकाइरहे, त्यसपछि हतियार लिन भन्दै गए। म पनि ज्यान जोगाएर भागें।’

घटनापछि पनि राजनीतिक हस्तक्षेप

वडाध्यक्षले आफूले भलिबल प्रतियोगिताको बिल पास नगर्दा रिसाएर आक्रमण गरेको स्वीकारेका छन्। तर, उनीमाथि ज्यान मार्ने उद्योगमा मुद्दा चलाउन कानुनी अन्योल देखिएको छ।

घटनापछि वडाध्यक्ष निकट नेताहरूले मिलापत्रका लागि दबाब दिइरहेको आरोप छ। तर, कर्मचारी संगठनहरू भने कानुनी कारबाही नहुन्जेल आन्दोलन जारी राख्ने तयारीमा छन्।


  • Jigyasa media

थप