Breaking News
आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     देशभर मौसम बदली, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आजको रात म लेख्न सक्छु उदास पङ्क्तिहरू    ||     सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||    

ट्रम्प र जेलेन्स्कीबीच तनावपूर्ण वार्ता, युद्धविरामबारे आरोप-प्रत्यारोप

जब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई ह्वाइट हाउसबाट बाहिरिन भने...

  •   २ वर्ष अघि | १७ फाल्गुन २०८१, शनिबार

वासिङ्टन डीसी – अमेरिका र युक्रेनका शीर्ष नेताहरूबीच युद्धविरामबारे तीव्र बहस भएको छ। अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच वासिङ्टन डीसीमा भएको भेटघाट विवादास्पद रूपमा अघि बढेको बताइएको छ।

ट्रम्पले जेलेन्स्कीलाई युद्ध रोक्न नचाहने व्यक्ति भन्दै प्रश्न गरे, "तपाईंको मनसाय सम्झौता गर्ने देखिँदैन। युक्रेनले रूससँग युद्ध जित्न सक्दैन।" ट्रम्पले युक्रेनले अमेरिका बिना सम्झौता गर्न नसक्ने दाबी समेत गरे। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पनि वार्ताका क्रममा जेलेन्स्कीलाई ‘अपमानजनक’ बताएको विवरण बाहिर आएको छ। जेलेन्स्कीले भने आफूले बारम्बार कूटनीतिक पहललाई स्वीकार गरेको बताएका छन्।

ट्रम्पले युक्रेनलाई ३५० अर्ब डलरको सहायता उपलब्ध गराएको उल्लेख गर्दै भने, "हामीले सैन्य सहयोग नदिएको भए, यो युद्ध दुई हप्तामै सकिन्थ्यो।" जेलेन्स्कीले भने ‘ग्यारेन्टीसहितको युद्धविराम’ चाहिएको स्पष्ट पारे।

रूस-युक्रेन युद्ध अन्त्य गर्न हालै अमेरिका र रूसका प्रतिनिधिहरूबीच वार्ता भए पनि ठोस परिणाम निस्कन सकेको छैन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्ताका क्रममा भनाभन भएपछि युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्की ह्वाइट हाउसबाट बाहिरिएका छन्। 

शुक्रवार ह्वाइट हाउसमा आफ्ना उपराष्ट्रपति जेडी भान्सको साथमा रहेका राष्ट्रपति ट्रम्पले जेलेन्स्कीलाई विभिन्न आरोप लगाएपछि भनाभनको स्थिति बनेको हो।

ट्रम्पले तेस्रो विश्व युद्ध निम्त्याउन खोजेको र अमेरिकाले सहयोग नगरे रुससँगको युद्ध दुई सातामा सकिने भनेपछि दुई नेताबीच भनाभन भएको हो। भनाभनको स्थिति बढ्दै जाँदा ट्रम्पले ह्वाइट हाउस छाड्न भनेपछि जेलेन्स्की कुराकानी छोडेर निस्किए।

बैठक तनावपूर्ण भएर सकिएपछि जेलेन्स्कीलेयुक्रेन र अमेरिकाको सम्बन्ध दुई राष्ट्रपतिको सम्बन्धभन्दा धेरै माथि रहेको बताए। उनलेअमेरिकाले युद्धको क्रममा गरेको सहयोगमा धन्यवाद दिए।

यता ट्रम्पले सामाजिक सञ्जालमा जेलेन्स्कीले अमेरिकी नागरिकको अपमान गरेको आरोप लगाएका छन्।

  • Jigyasa media

थप