Breaking News
आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||     निचोड    ||     आज राति बागमती–गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||    

जानकी मन्दिरमा पुनः चोरी, श्रद्धालुमा त्रास

  •   २ वर्ष अघि | ४ असोज २०८१, शुक्रबार

जनकपुरधाम – हिन्दूहरूको आस्थाको केन्द्र मानिने जानकी मन्दिरमा पुनः चोरीका घटना बढ्न थालेका छन्। बुधवार मन्दिरको गर्भगृह नजिकै दर्शन गर्न आएका श्रद्धालु महिलाहरूको सुनका गरगहना चोरी हुँदा श्रद्धालुहरूमा त्रास उत्पन्न भएको छ।

मन्दिर परिसरमा भएको अत्यधिक भीडभाडका कारण सुरक्षा व्यवस्था खल्बलिँदा आधा दर्जन महिलाको सुनका औंठी, सिक्रीजस्ता गरगहना चोरी भएको थियो। भारतबाट आएका तीर्थयात्रीको घाँटीबाट दुई जनाको सुनको सिक्री स्नेचिङ (लुटपाट) भएको खबर आएको छ।

मन्दिरमा आरती पूजा भइरहँदा चोरीका घटना भएको र यसले मन्दिरमा सुरक्षा व्यवस्थाबारे प्रश्न उठाएको छ। मन्दिर परिसरमा केही समयअघि सिसिटिभी क्यामेरा र फलामे बार्केट जडान गरिए पनि पछिल्लो घटना देखाउँछ कि सुरक्षा अझै प्रभावकारी बनाउन आवश्यक छ।

धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले चोरी गर्ने समूहलाई चाँडै पक्राउ गरी चोरिएको गहना फिर्ता गर्ने प्रतिबद्धता जनाएका छन्। थप अनुसन्धान अघि बढिसकेको बताउँदै प्रहरीले मन्दिरमा नियमित सुरक्षा व्यवस्था सुदृढ गर्ने योजना बनाएको छ।


  • Jigyasa media

थप