Breaking News
बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||     कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा, रातभर जाग्राम बस्ने परम्परा    ||     आज हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना, बुधबारदेखि देशभर वर्षा हुन सक्ने    ||     बुधबारदेखि नेपालमा वर्षा गराउन सक्ने मौसमी प्रणाली सक्रिय हुने सम्भावना    ||    

कथाकार विजय सापकोटाको कथासंग्रह 'अनावरण'को दोस्रो संस्करण बजारमा

  •   २ वर्ष अघि | ३१ असार २०८१, सोमवार

आख्यानकार विजय सापकोटा पछिल्लो समय कथा, किशोर उपन्यास र निबन्धमा चिनिएका साहित्यकार हुन् । उनको यस अघि नै प्रकाशित अनावरण कथासंग्रह पाठकहरुले ज्यादै नै रुचाएका थिए । फलस्वरुप अनावरणको दोस्रो संस्करण बजारमा आएको छ । 

सामाजिक जीवनका संवेदनशील पक्षलाई आफ्ना कथाको मुख्य विषय बनाउने विजय सापकोटाका ११ वटा कथाहरूको संग्रह हो अनावरण । सामान्य अनि महत्वहीन ठानिएका विषयको गम्भीर अन्तर्यलाई खोलिएका यस संग्रहका कथाहरूले समकालीन जीवनको राजनीति, समाज र संस्कृतिको विसंगत एवम् विद्रूप चित्रलाई सरल तर संवेद्य ढंगले प्रस्तुत गरेका छन् । हीन भावनाले ग्रसित बनेका, सीमान्तकृत बनाइएका र अन्यायमा पारिएका पात्रहरूको मानसिक दशाको मिहीन चित्रण यसका कथाहरूको अर्को विशेषता हो । पाठकमा कुतूहल सिर्जना गर्न सक्ने बुनोट अनि अकल्पनीय बिन्दुमा टुंग्याइएका यी कथाहरू पाठकलाई लामो समयसम्म प्रभाव पारिराख्न समर्थ हुनेछन् ।

कलम प्रकाशनले बजारमा ल्याएको अनावरणको मूल्य रू. ४९५ रहेको छ । 

  • Reporter

थप