Breaking News
बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||     कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा, रातभर जाग्राम बस्ने परम्परा    ||     आज हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना, बुधबारदेखि देशभर वर्षा हुन सक्ने    ||     बुधबारदेखि नेपालमा वर्षा गराउन सक्ने मौसमी प्रणाली सक्रिय हुने सम्भावना    ||     काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १३.३ डिग्रीमा झर्‍यो, यो वर्षकै कम प्रारम्भिक मापन    ||     एकादशीमा पनि दसैँको टीका जारी, कोजाग्रत पूर्णिमासम्म लगाउने परम्परा    ||     आज विजयादशमी : बिहान ८:४९ पछि टीका लगाउन सकिने, उत्तम साइत १०:२६ बजे    ||     महानवमीमा तलेजु भवानीको दर्शन गर्न भक्तजनको घुइँचो, बिहान ५ देखि साँझ ६ बजेसम्म खुला    ||    

किराँत धर्मका महागुरु फाल्गुनन्दको १४०औं जन्मजयन्ती विविध कार्यक्रमसहित मनाइँदै

  •   २ वर्ष अघि | २५ कार्तिक २०८१, आइतवार

काठमाडौं – किराँत धर्मका महागुरु फाल्गुनन्दको १४०औं जन्मजयन्ती आज किराँती समुदायले विशेष कार्यक्रम आयोजना गरी मनाउँदैछन्। महागुरु फाल्गुनन्दको जन्म विसं १९४२ कात्तिक २५ गते इलामको साधारण परिवारमा भएको थियो। उहाँले किराँत धर्मको संरक्षण र सामाजिक सुधारमा उल्लेखनीय योगदान गर्नुभएको छ।

महागुरु फाल्गुनन्दले किराँत भाषा, लिपि, संस्कार र समाज सुधारका निम्ति नीति निर्माण गरी समाजमा सुधार ल्याउन ‘सत्य धर्म मुचुल्का’ सार्वजनिक गर्नुभएको थियो। समाज सुधारमा उनका योगदानहरूको बीचमा छोरीको विवाह गर्दा पैसाको लेनदेन नगर्ने, जीवहत्या नगर्ने, मद्यपान र मासुको सेवन नगर्ने, र मृत्यु संस्कारलाई तीन दिनमा सम्पन्न गर्नेजस्ता प्रचलनहरू समावेश थिए। यी नीतिहरूले सम्पूर्ण समाजलाई अनुकरणीय सन्देश दिएको मानिन्छ।

उहाँको जीवनभर किराँत धर्मको उत्थान, भाषा, संस्कृति र समाज सुधारका लागि अहोरात्र मेहनत गरिरहँदा विभिन्न चुनौतीहरूको सामना पनि गर्नुभयो। उहाँलाई देशद्रोहीको आरोपमा समेत जेल जानुपरेको थियो। उहाँको योगदानको सम्मानमा नेपाल सरकारले २०६६ मंसिर १६ गते महागुरु फाल्गुनन्दलाई राष्ट्रिय विभूति घोषणा गरेको हो।

आज फाल्गुनन्द जयन्तीको अवसरमा कोशी प्रदेशले सार्वजनिक बिदा दिएको छ। ताप्लेजुङ, तेह्रथुम, पाँचथर, इलाम, झापालगायत किराँती समुदायको बाक्लो बसोबास भएका क्षेत्रमा विशेष कार्यक्रमहरूको आयोजना गरी फाल्गुनन्द जयन्ती मनाउने प्रचलन छ, जसले उहाँको विचार र योगदानलाई जिवन्त बनाइरहेको छ।


  • Jigyasa media

थप