Breaking News
विराटको अविजित ७५ रनमा ब्यांग्लोर च्याम्पियन, लगातार दोस्रोपटक आईपीएल उपाधि कब्जा    ||     मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : चालु आवमै ९ विदेशीसहित १३ पर्यटकको मृत्यु    ||     ४१ हप्ताकी गर्भवती महिलाको धुलिखेल अस्पतालमा मृत्यु, शिशुको आईसीयूमा उपचार जारी    ||     ममता काफ्ले भट्ट प्रकरणमा नयाँ मोड : बेपत्ता भएको झन्डै दुई वर्षपछि आराबाट मानव कपाल फेला    ||     पराजुलीको हिमलुङमा पलाएको माया लोकार्पण    ||     पश्चिमी वायुको प्रभाव कायम : आज देशका धेरै स्थानमा वर्षा, हावाहुरी र चट्याङको सम्भावना    ||     काठमाडौँ आउँदै गरेको जिप नुवाकोटमा दुर्घटना, एकको मृत्यु    ||     हृदयविदारक घटना : ३१ दिनकी शिशु खाल्डोमा पुरिएको अवस्थामा मृत फेला, आमा पक्राउ    ||     युएफसीको सेमिफाइनलमा नेपाली चमक : रविन्द्र ढाँटको ऐतिहासिक छलाङ    ||     माग्नेको भेषमा काठमाडौंमा बालिका अपहरण प्रयास, स्थानीयको सतर्कताले बचिन् ५ वर्षीया बालिका    ||    

किराँत धर्मका महागुरु फाल्गुनन्दको १४०औं जन्मजयन्ती विविध कार्यक्रमसहित मनाइँदै

  •   २ वर्ष अघि | २५ कार्तिक २०८१, आइतवार

काठमाडौं – किराँत धर्मका महागुरु फाल्गुनन्दको १४०औं जन्मजयन्ती आज किराँती समुदायले विशेष कार्यक्रम आयोजना गरी मनाउँदैछन्। महागुरु फाल्गुनन्दको जन्म विसं १९४२ कात्तिक २५ गते इलामको साधारण परिवारमा भएको थियो। उहाँले किराँत धर्मको संरक्षण र सामाजिक सुधारमा उल्लेखनीय योगदान गर्नुभएको छ।

महागुरु फाल्गुनन्दले किराँत भाषा, लिपि, संस्कार र समाज सुधारका निम्ति नीति निर्माण गरी समाजमा सुधार ल्याउन ‘सत्य धर्म मुचुल्का’ सार्वजनिक गर्नुभएको थियो। समाज सुधारमा उनका योगदानहरूको बीचमा छोरीको विवाह गर्दा पैसाको लेनदेन नगर्ने, जीवहत्या नगर्ने, मद्यपान र मासुको सेवन नगर्ने, र मृत्यु संस्कारलाई तीन दिनमा सम्पन्न गर्नेजस्ता प्रचलनहरू समावेश थिए। यी नीतिहरूले सम्पूर्ण समाजलाई अनुकरणीय सन्देश दिएको मानिन्छ।

उहाँको जीवनभर किराँत धर्मको उत्थान, भाषा, संस्कृति र समाज सुधारका लागि अहोरात्र मेहनत गरिरहँदा विभिन्न चुनौतीहरूको सामना पनि गर्नुभयो। उहाँलाई देशद्रोहीको आरोपमा समेत जेल जानुपरेको थियो। उहाँको योगदानको सम्मानमा नेपाल सरकारले २०६६ मंसिर १६ गते महागुरु फाल्गुनन्दलाई राष्ट्रिय विभूति घोषणा गरेको हो।

आज फाल्गुनन्द जयन्तीको अवसरमा कोशी प्रदेशले सार्वजनिक बिदा दिएको छ। ताप्लेजुङ, तेह्रथुम, पाँचथर, इलाम, झापालगायत किराँती समुदायको बाक्लो बसोबास भएका क्षेत्रमा विशेष कार्यक्रमहरूको आयोजना गरी फाल्गुनन्द जयन्ती मनाउने प्रचलन छ, जसले उहाँको विचार र योगदानलाई जिवन्त बनाइरहेको छ।


  • Jigyasa media

थप