Breaking News
आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज ३५ जिल्लामा आकस्मिक बाढीको जोखिम, ठूला नदीमा पनि बहाव बढ्ने    ||     छ प्रदेशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     नेपाल स्रष्टा समाजको २० औं अधिवेशन सम्पन्न,श्रीओम श्रेष्ठ रोदनुको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित    ||     आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना    ||     त्रिशूली–३ ‘ए’ सुरुङमा उद्धारको आशा पलायो, मानिस बोलेको आवाज सुनिएको दाबी    ||    

गुरु नानक जयन्ती: मानवतावादी दर्शन र एक प्रेरणादायी कथा हेर्नुहोस्

  •   २ वर्ष अघि | ३० कार्तिक २०८१, शुक्रबार

काठमाडौं - प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन मनाइने शिख धर्मका संस्थापक गुरु नानकको जन्मजयन्ती आज विशेष कार्यक्रमका साथ मनाइँदैछ। गुरु नानकको जन्म विसं १५२६ कार्तिक शुक्ल पूर्णिमामा पाकिस्तानको पन्जाब प्रान्तमा भएको थियो। उनी ‘गुरु ग्रन्थ साहेब’का रचयिता मात्र नभई सामाजिक सुधारक पनि थिए, जसले समाजमा जातिवादको अन्त्य गर्दै मानवता र एकताको सन्देश दिए।

गुरु नानक जयन्तीको अवसरमा पशुपतिनाथ परिसरस्थित राजराजेश्वरी निर्मल अखडामा गुरु ग्रन्थ साहेब पाठ र भण्डारा आयोजना हुने परम्परा रहेको छ। साथै, थापाथलीस्थित गुरुनानक मठमा पनि धार्मिक र सामाजिक गतिविधिहरू सम्पन्न हुँदैछन्। यस दिन गुरुद्वाराहरूमा विशेष पूजा एवं लङ्गर आयोजना गरिन्छ, जसले समाजमा निःस्वार्थ सेवाको भावना फैलाउने उद्देश्य बोकेको छ।


गुरु नानकका प्रेरणादायी कथा

गुरु नानकका प्रेरणादायी शिक्षाहरूमा एउटा चर्चित कथा छ, जसमा उनले एक पटक आफ्ना शिष्यहरूलाई शिक्षा दिने क्रममा गाउँको एक धनी व्यक्तिले दिएको भोजन अस्वीकार गरे। उनले भने, “यो भोजन त रगत र आँसुमा लिप्त छ।” यसपछि गुरु नानकले एउटा गरीब व्यक्तिको सादगीपूर्ण भोजन स्वीकार गरे र समाजमा पवित्रतासँगै सत्यताको महत्वलाई उद्घाटन गरे। उनका यी शिक्षाहरूले आजसम्म मानिसहरूलाई निष्कपट, दयालु, र निःस्वार्थ बन्न प्रेरणा दिइरहेका छन्।

गुरु नानकको दृष्टिकोणले मात्र होइन, उनका साधारण र अमूल्य शिक्षाले शिख समुदाय र समग्र समाजलाई प्रेम, भ्रातृत्व, र एकताको मार्गमा हिँड्न प्रेरित गरिरहेको छ।


  • Jigyasa media

थप