Breaking News
बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||     कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा, रातभर जाग्राम बस्ने परम्परा    ||     आज हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना, बुधबारदेखि देशभर वर्षा हुन सक्ने    ||     बुधबारदेखि नेपालमा वर्षा गराउन सक्ने मौसमी प्रणाली सक्रिय हुने सम्भावना    ||     काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १३.३ डिग्रीमा झर्‍यो, यो वर्षकै कम प्रारम्भिक मापन    ||     एकादशीमा पनि दसैँको टीका जारी, कोजाग्रत पूर्णिमासम्म लगाउने परम्परा    ||     आज विजयादशमी : बिहान ८:४९ पछि टीका लगाउन सकिने, उत्तम साइत १०:२६ बजे    ||     महानवमीमा तलेजु भवानीको दर्शन गर्न भक्तजनको घुइँचो, बिहान ५ देखि साँझ ६ बजेसम्म खुला    ||    

विदेशिने युवाको संख्या बढ्दो, दैनिक औसत २,२१६ जना

  •   २ वर्ष अघि | १२ फाल्गुन २०८१, सोमवार

काठमाण्डौ ।

चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो सात महिनामा (साउन–माघ) ४ लाख ६५ हजार ५ सय ८ युवा रोजगारीका लागि विदेशिएका छन्। यो दैनिक औसत २ हजार २ सय १६ जना रहेको छ।

वैदेशिक रोजगार विभागका अनुसार माघ महिनामा मात्र ७२ हजार ४४१ जनाले श्रम स्वीकृति लिएका छन्। यस अघि पुससम्म ३ लाख ९३ हजार ६७ जनाले स्वीकृति लिइसकेकोमा माघपछि यो संख्या बढेर ४ लाख ६५ हजार ५०८ पुगेको छ।

गत वर्षको तुलनामा वृद्धि

गत वर्ष माघसम्म ४ लाख ५ हजार ५५२ जनाले श्रम स्वीकृति लिएका थिए। त्यसअनुसार, यस वर्ष ५९ हजार ९५६ जनाले बढी श्रम स्वीकृति लिएका छन्।

गत वर्षको औसत १ हजार ९ सय ३१ प्रतिदिन थियो भने यस वर्ष यो संख्या २ हजार २१५ पुगेको छ।

पुरुषको संख्या बढी

माघ महिनामा मात्र ६५ हजार ३११ पुरुष र ८ हजार १३० महिला काम खोज्न विदेशिएका छन्।

यूएई नेपालीहरूको प्रमुख रोजाइ

वैदेशिक रोजगारका लागि नेपालीहरूको पहिलो गन्तव्य युनाइटेड अरब इमिरेट्स (यूएई) बनेको छ।

माघ महिनामा मात्र २५ हजार ३०४ जनाले यूएईका लागि श्रम स्वीकृति लिएका छन्, जसमा २ हजार ९४० महिला छन्।

चालु आर्थिक वर्षको सात महिनामा मात्र १ लाख ४८ हजार १३३ नेपाली यूएई गएका छन्, जसले कुल श्रम स्वीकृतिको ३१.८२% हिस्सा ओगटेको छ।

अन्य प्रमुख गन्तव्यहरू

यूएईपछि नेपालीहरू कतार, साउदी अरब, कुवेत, मलेसिया, रोमानिया, जापान, क्रोएसिया लगायतका देशमा बढी गएका छन्।

महिना अनुसार विदेशिने संख्याः

साउन: ५९,५७५

भदौ: ५७,४९३

असोज: ५३,५२५

कात्तिक: ७०,९९०

मंसिर: ८४,२२६

पुस: ६७,२५८

माघ: ७२,४४१

नेपालमा रोजगारीका अवसर सीमित भइरहेका कारण वैदेशिक रोजगारीमा जाने प्रवृत्ति निरन्तर बढ्दो छ। चाडपर्वपछि विशेषगरी नेपालीहरू बढी संख्यामा विदेशिने गरेका देखिन्छन्।


  • Jigyasa media

थप