Breaking News
विराटको अविजित ७५ रनमा ब्यांग्लोर च्याम्पियन, लगातार दोस्रोपटक आईपीएल उपाधि कब्जा    ||     मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : चालु आवमै ९ विदेशीसहित १३ पर्यटकको मृत्यु    ||     ४१ हप्ताकी गर्भवती महिलाको धुलिखेल अस्पतालमा मृत्यु, शिशुको आईसीयूमा उपचार जारी    ||     ममता काफ्ले भट्ट प्रकरणमा नयाँ मोड : बेपत्ता भएको झन्डै दुई वर्षपछि आराबाट मानव कपाल फेला    ||     पराजुलीको हिमलुङमा पलाएको माया लोकार्पण    ||     पश्चिमी वायुको प्रभाव कायम : आज देशका धेरै स्थानमा वर्षा, हावाहुरी र चट्याङको सम्भावना    ||     काठमाडौँ आउँदै गरेको जिप नुवाकोटमा दुर्घटना, एकको मृत्यु    ||     हृदयविदारक घटना : ३१ दिनकी शिशु खाल्डोमा पुरिएको अवस्थामा मृत फेला, आमा पक्राउ    ||     युएफसीको सेमिफाइनलमा नेपाली चमक : रविन्द्र ढाँटको ऐतिहासिक छलाङ    ||     माग्नेको भेषमा काठमाडौंमा बालिका अपहरण प्रयास, स्थानीयको सतर्कताले बचिन् ५ वर्षीया बालिका    ||    

विदेशिने युवाको संख्या बढ्दो, दैनिक औसत २,२१६ जना

  •   १ वर्ष अघि | १२ फाल्गुन २०८१, सोमवार

काठमाण्डौ ।

चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो सात महिनामा (साउन–माघ) ४ लाख ६५ हजार ५ सय ८ युवा रोजगारीका लागि विदेशिएका छन्। यो दैनिक औसत २ हजार २ सय १६ जना रहेको छ।

वैदेशिक रोजगार विभागका अनुसार माघ महिनामा मात्र ७२ हजार ४४१ जनाले श्रम स्वीकृति लिएका छन्। यस अघि पुससम्म ३ लाख ९३ हजार ६७ जनाले स्वीकृति लिइसकेकोमा माघपछि यो संख्या बढेर ४ लाख ६५ हजार ५०८ पुगेको छ।

गत वर्षको तुलनामा वृद्धि

गत वर्ष माघसम्म ४ लाख ५ हजार ५५२ जनाले श्रम स्वीकृति लिएका थिए। त्यसअनुसार, यस वर्ष ५९ हजार ९५६ जनाले बढी श्रम स्वीकृति लिएका छन्।

गत वर्षको औसत १ हजार ९ सय ३१ प्रतिदिन थियो भने यस वर्ष यो संख्या २ हजार २१५ पुगेको छ।

पुरुषको संख्या बढी

माघ महिनामा मात्र ६५ हजार ३११ पुरुष र ८ हजार १३० महिला काम खोज्न विदेशिएका छन्।

यूएई नेपालीहरूको प्रमुख रोजाइ

वैदेशिक रोजगारका लागि नेपालीहरूको पहिलो गन्तव्य युनाइटेड अरब इमिरेट्स (यूएई) बनेको छ।

माघ महिनामा मात्र २५ हजार ३०४ जनाले यूएईका लागि श्रम स्वीकृति लिएका छन्, जसमा २ हजार ९४० महिला छन्।

चालु आर्थिक वर्षको सात महिनामा मात्र १ लाख ४८ हजार १३३ नेपाली यूएई गएका छन्, जसले कुल श्रम स्वीकृतिको ३१.८२% हिस्सा ओगटेको छ।

अन्य प्रमुख गन्तव्यहरू

यूएईपछि नेपालीहरू कतार, साउदी अरब, कुवेत, मलेसिया, रोमानिया, जापान, क्रोएसिया लगायतका देशमा बढी गएका छन्।

महिना अनुसार विदेशिने संख्याः

साउन: ५९,५७५

भदौ: ५७,४९३

असोज: ५३,५२५

कात्तिक: ७०,९९०

मंसिर: ८४,२२६

पुस: ६७,२५८

माघ: ७२,४४१

नेपालमा रोजगारीका अवसर सीमित भइरहेका कारण वैदेशिक रोजगारीमा जाने प्रवृत्ति निरन्तर बढ्दो छ। चाडपर्वपछि विशेषगरी नेपालीहरू बढी संख्यामा विदेशिने गरेका देखिन्छन्।


  • Jigyasa media

थप