Breaking News
प्रधानमन्त्री बालेन शाह भारतको दुईदिने राजकीय भ्रमणमा जाँदै, आज नयाँ दिल्ली प्रस्थान गर्ने    ||     सुदूरपश्चिमको ऐतिहासिक छलाङ : लुम्बिनीलाई १० विकेटले हराउँदै पहिलोपटक एनपीएल च्याम्पियन    ||     एनपीएल उपाधिका लागि लुम्बिनी र सुदूरपश्चिम भिड्दै, कसले उचाल्ला ट्रफी ?    ||     आज देशभरको मौसम मुख्यतया सफा रहने, वर्षा र हिमपातको सम्भावना न्यून    ||     तुलसी–दामोदरको विवाह गराउँदै आज देशभर हरिबोधिनी एकादशी मनाइँदै    ||     ‘अक्वान’ चक्रवात र पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु र तुवाँलो    ||     पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना    ||     पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा तुवाँलो र बिहान हुस्सु लाग्ने    ||     उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व सम्पन्न    ||     कोशी, बागमती र गण्डकीका हिमाली क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||    

‘अक्वान’ चक्रवात र पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु र तुवाँलो

  •   ४ दिन अघि | ३ मंसिर २०८३, बिहिबार

काठमाडौं । पश्चिमी वायुका साथै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव नेपालमा देखिएको छ । यसको प्रभावले देशका विभिन्न हिमाली क्षेत्रमा आंशिक बदली हुनुका साथै तराई, उपत्यका र खोँचका धेरै स्थानमा तुवाँलो तथा हुस्सु लागेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागमा आंशिक बदली रहेको छ । तराईका भू–भाग, उपत्यका तथा खोँचहरूमा भने तुवाँलो र हुस्सुको प्रभाव देखिएको छ ।

महाशाखाले आज दिउँसो कोशी र मधेश प्रदेशका साथै बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागमा आंशिक बदली रहने पूर्वानुमान गरेको छ । देशका अन्य भू–भागमा भने मौसम मुख्यतया सफा रहनेछ ।

त्यसैगरी, आज राति कोशी र मधेश प्रदेशमा आंशिक बदली रहने तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

रातिको समयमा पनि तराईका भू–भाग, उपत्यका तथा खोँचका केही स्थानमा बिहानपख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको छ ।

मौसममा देखिएको यस अवस्थाका कारण विशेषगरी तराई क्षेत्रमा बिहानको समयमा सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनुपर्ने देखिन्छ ।

  • Jigyasanepal

थप