Breaking News
प्रधानमन्त्री बालेन शाह भारतको दुईदिने राजकीय भ्रमणमा जाँदै, आज नयाँ दिल्ली प्रस्थान गर्ने    ||     सुदूरपश्चिमको ऐतिहासिक छलाङ : लुम्बिनीलाई १० विकेटले हराउँदै पहिलोपटक एनपीएल च्याम्पियन    ||     एनपीएल उपाधिका लागि लुम्बिनी र सुदूरपश्चिम भिड्दै, कसले उचाल्ला ट्रफी ?    ||     आज देशभरको मौसम मुख्यतया सफा रहने, वर्षा र हिमपातको सम्भावना न्यून    ||     तुलसी–दामोदरको विवाह गराउँदै आज देशभर हरिबोधिनी एकादशी मनाइँदै    ||     ‘अक्वान’ चक्रवात र पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु र तुवाँलो    ||     पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना    ||     पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा तुवाँलो र बिहान हुस्सु लाग्ने    ||     उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व सम्पन्न    ||     कोशी, बागमती र गण्डकीका हिमाली क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||    

पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  •   ५ दिन अघि | २ मंसिर २०८३, बुधबार

काठमाडौं । मुलुकमा पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहँदा आज पनि देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा बादल लाग्ने भएको छ । तराईका केही स्थानमा तुवाँलो र बिहानको समयमा उपत्यका तथा खोँचहरूमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बादल लागेको छ । लुम्बिनी प्रदेशको पहाडी क्षेत्रमा आंशिक बदली रहेको छ भने तराईका केही स्थानमा तुवाँलो लागेको छ । अन्य भू–भागको मौसम भने सफा रहेको छ ।

आज दिउँसो कोशी प्रदेशसहित बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ । देशका बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ।

यसैगरी, कोशी र गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति पनि मौसममा खासै सुधार नहुने देखिएको छ । कोशी, मधेश र लुम्बिनी प्रदेशका साथै बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहनेछ । अन्य क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ ।

रातिको समयमा तराईका भू–भागसँगै उपत्यका तथा खोँचहरूमा बिहानपख हुस्सु र कुहिरो लाग्न सक्ने महाशाखाले जनाएको छ ।

बिहानको समयमा हुस्सु, कुहिरो र तुवाँलोका कारण सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनुपर्ने देखिन्छ । विशेषगरी हिमाली क्षेत्रमा यात्रा गर्नेहरूले सम्भावित वर्षा र हिमपातलाई ध्यानमा राख्नुपर्नेछ ।

  • Jigyasanepal

थप