Breaking News
मोदीसँग आज निर्णायक वार्ता गर्दै प्रधानमन्त्री बालेन, हवाई रुटदेखि आर्थिक सहयोगसम्मका एजेन्डा    ||     काठमाडौं उपत्यकामा चिसो बढ्यो, न्यूनतम तापक्रम ८.१ डिग्रीमा झर्‍यो    ||     प्रधानमन्त्री बालेन शाह भारतको दुईदिने राजकीय भ्रमणमा जाँदै, आज नयाँ दिल्ली प्रस्थान गर्ने    ||     सुदूरपश्चिमको ऐतिहासिक छलाङ : लुम्बिनीलाई १० विकेटले हराउँदै पहिलोपटक एनपीएल च्याम्पियन    ||     एनपीएल उपाधिका लागि लुम्बिनी र सुदूरपश्चिम भिड्दै, कसले उचाल्ला ट्रफी ?    ||     आज देशभरको मौसम मुख्यतया सफा रहने, वर्षा र हिमपातको सम्भावना न्यून    ||     तुलसी–दामोदरको विवाह गराउँदै आज देशभर हरिबोधिनी एकादशी मनाइँदै    ||     ‘अक्वान’ चक्रवात र पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु र तुवाँलो    ||     पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना    ||     पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा तुवाँलो र बिहान हुस्सु लाग्ने    ||    

काठमाडौं उपत्यकामा चिसो बढ्यो, न्यूनतम तापक्रम ८.१ डिग्रीमा झर्‍यो

  •   १ घण्टा अघि | ७ मंसिर २०८३, सोमवार

काठमाडौं । काठमाडौं उपत्यकामा चिसो बढ्दै गएको छ। पछिल्लो मापनअनुसार सोमबार बिहान उपत्यकाको न्यूनतम तापक्रम घटेर ८.१ डिग्री सेल्सियसमा झरेको छ।

नेपाल मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार सोमबार बिहान ५ः४५ बजे काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ८.१ डिग्री सेल्सियस मापन गरिएको हो।

उनका अनुसार यो प्रारम्भिक मापन हो। आजको आधिकारिक न्यूनतम तापक्रम बिहान ८ः४५ बजे मापन गरिनेछ। त्यसबेलासम्म तापक्रम अझै घट्न सक्ने सम्भावना रहे पनि कहिलेकाहीँ प्रारम्भिक मापनकै तापक्रम कायम रहने गर्छ।

आइतबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ८.३ डिग्री सेल्सियस थियो। आइतबारको तुलनामा सोमबार बिहान तापक्रम ०.२ डिग्रीले घटेको छ। यसले उपत्यकामा चिसो बढ्दै गएको संकेत गरेको छ।

मौसमविद्का अनुसार रातिको समयमा आकाश बादलले ढाकिँदा बिहानको न्यूनतम तापक्रम तुलनात्मक रूपमा बढी हुन्छ भने आकाश खुला रहँदा तापक्रम घट्ने गर्छ।

मौसम पूर्वानुमान महाशाखाले दैनिक काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्दै आएको छ। न्यूनतम तापक्रम बिहान ८ः४५ बजे र अधिकतम तापक्रम साँझ ५ः४५ बजे मापन गरिन्छ।

न्यूनतम तापक्रमले रातिदेखि बिहानसम्मको चिसो अवस्था जनाउँछ भने अधिकतम तापक्रमले दिनभरको तापक्रमको अवस्था देखाउँछ।

पछिल्लो समय देशका विभिन्न क्षेत्रमा तापक्रम क्रमशः घट्दै गएको छ। जाडो बढेसँगै विशेषगरी बिहान र रातिको समयमा चिसोबाट बच्न आवश्यक सावधानी अपनाउनुपर्ने देखिएको छ।

  • Jigyasanepal

थप