Breaking News
एकादशीमा पनि दसैँको टीका जारी, कोजाग्रत पूर्णिमासम्म लगाउने परम्परा    ||     आज विजयादशमी : बिहान ८:४९ पछि टीका लगाउन सकिने, उत्तम साइत १०:२६ बजे    ||     महानवमीमा तलेजु भवानीको दर्शन गर्न भक्तजनको घुइँचो, बिहान ५ देखि साँझ ६ बजेसम्म खुला    ||     तिथि वृद्धिले फेरियो दसैँको पूजाविधि, आज पनि महाअष्टमीकै कर्म गर्नुपर्ने    ||     आज महाअष्टमी, महागौरी देवीको पूजा आराधना गरिँदै    ||     आज फूलपाती, कालरात्रि देवीको आराधनासँगै दसैँको रौनक बढ्दै    ||     नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको आराधना, शक्तिपीठमा भक्तजनको चहलपहल    ||     हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्न सक्ने    ||     नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको आराधना, शक्ति र समृद्धिको कामनासहित पूजा गरिँदै    ||     आज पाँच प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना    ||    

आज पाँच प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

  •   १ हप्ता अघि | २८ असोज २०८३, बुधबार

काठमाडौं, असोज २८। देशका पाँच प्रदेशका केही स्थानमा आज हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी र मनसुनी वायुको आंशिक प्रभावका कारण देशका विभिन्न भूभागमा मौसममा बदली हुने देखिएको हो।

विभागका अनुसार आज दिउँसो देशको हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।

हिमाली भूभागका साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना छ।

त्यस्तै, आज राति हिमाली भूभागमा आंशिक बदली रहने र पहाडी तथा तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ। रातिको समयमा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।

मौसममा आंशिक बदली र केही स्थानमा वर्षा तथा हिमपातको सम्भावना रहेकाले हिमाली तथा पहाडी क्षेत्रमा यात्रा गर्ने र बाहिरी गतिविधिमा संलग्न हुनेहरूले स्थानीय मौसमको अवस्थाबारे जानकारी लिएर आवश्यक सतर्कता अपनाउनु उपयुक्त हुनेछ।

  • Jigyasanepal

थप