तस्बिर: AI
काठमाडौं । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावका कारण देशका हिमाली भू–भाग तथा कोशी प्रदेशको पहाडी क्षेत्रमा आंशिक बदली भएको छ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका केही स्थानमा तुवाँलो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशसहित बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहनेछ । देशका अन्य भू–भागमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ ।
दिउँसो कोशी प्रदेशका हिमाली तथा पहाडी भू–भाग र गण्डकी प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
त्यसैगरी, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका साथै लुम्बिनी प्रदेशको हिमाली भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने अनुमान छ ।
राति कोशी र गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना रहेको छ ।
यसैबीच, तराईका भू–भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु तथा कुहिरो लाग्ने महाशाखाले जनाएको छ । तराईका केही स्थानमा तुवाँलोसमेत रहेकाले बिहानको समयमा सडक तथा हवाई यातायातमा दृश्यता प्रभावित हुन सक्ने सम्भावना छ ।
मौसममा आएको परिवर्तनलाई ध्यानमा राख्दै हिमाली क्षेत्रमा यात्रा गर्ने तथा बिहानको समयमा सवारीसाधन सञ्चालन गर्नेहरूले आवश्यक सतर्कता अपनाउनुपर्ने देखिन्छ ।
-
Jigyasanepal