Breaking News
अबुधाबीमा क्षेप्यास्त्र अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर    ||     एसईईमा नक्कली परीक्षार्थी काण्ड : अर्काको नाममा परीक्षा दिन पुगेका युवक पक्राउ    ||     आजदेखि संसद् अधिवेशन सुरु: नवनिर्वाचित प्रतिनिधिसभाको पहिलो बैठक, तीन अध्यादेश पेस हुने    ||     बनेपामा पहिलोपटक एनएनआईपीए स्पोर्ट्स अवार्ड, २६ खेलका खेलाडी सम्मानित हुँदै    ||     कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति ले सार्वजनिक गर्‍यो आजको भाउ: कतिपय तरकारी सस्तिए, केही महँगिए    ||     मकवानपुरमा चट्याङको कहर : एकको मृत्यु, अर्का घाइते    ||     कालीमाटीले तोक्यो आजको थोक मूल्य: गोलभेँडा ७५, आलु २०, अकबरे खुर्सानी ८०० रुपैयाँ    ||     कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना, मेघगर्जन र चट्याङको चेतावनी    ||     ‘बालेन सरकार’ सुरु हुनासाथ सेयर बजारमा धक्का : नेप्से ७१ अंकले ओरालो, लगानीकर्ता ‘पर्ख र हेर’ मा    ||     ओली र लेखक पक्राउपछि कानुनी घेराबन्दी : कति दिन थुनिन्छन् ? अब के हुन्छ अदालती प्रक्रिया ?    ||    

अन्तर्राष्ट्रिय तेक्वाण्डो च्याम्पियनसिपमा रमिला लामाको स्वर्ण जित :गाउँपालिका अध्यक्ष अधिकारीद्वारा खुशी व्यक्त गर्दै शुभकामना व्यक्त

  •   ९ महिना अघि | ४ साउन २०८२, आइतवार

बेथानचोक। बेथानचोक गाउँपालिका–५ स्थित टाङ्गी टोल निवासी रमिला लामाले अन्तर्राष्ट्रिय स्तरमा ऐतिहासिक सफलता हात पार्दै कोरियामा जारी सङनाम कोरिया ओपन अन्तर्राष्ट्रिय तेक्वाण्डो च्याम्पियनसिप २०२५ मा स्वर्ण पदक जित्न सफल भएकी छन्। रमिला नेपाल प्रहरी क्लबकी अब्बल तेक्वाण्डो खेलाडी हुन्।

उक्त उपलब्धिप्रति खुसी व्यक्त गर्दै बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारीले रमिलालाई हार्दिक बधाई तथा सफलताको शुभकामना व्यक्त गरेका छन्। उनले भने, "गाउँको छोरीले अन्तर्राष्ट्रिय स्तरमा स्वर्ण जितेर नेपालको गौरव बढाएकी छिन्। यो सम्पूर्ण काभ्रेली समाजका लागि गर्वको विषय हो। रमिलाले देखाएको लगन, मेहनत र समर्पण अनुकरणीय छ।"

रमिला लामा, बुबा झ्यामयाङ लामा र आमा मानकुमारी लामाकी सुपुत्री हुन्। तेक्वाण्डो खेलमा निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएकी रमिलाको यो स्वर्ण पदकले आगामी दिनमा थप सफलताको ढोका खोल्ने विश्वास गरिएको छ।


उनको सफलताले स्थानीय तहमा खेलकुदको प्रवर्द्धन र बालबालिकामा प्रेरणा जगाउने काम गर्ने गाउँपालिका अध्यक्ष अधिकारीको भनाइ छ। साथै, उनले रमिलाको उज्वल भविष्यको कामनासहित अझ ठूलो अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्न सधैं साथ र समर्थन रहने जनाए

  • Jigyasanepal

थप