Breaking News
प्रधानमन्त्री बालेन शाह भारतको दुईदिने राजकीय भ्रमणमा जाँदै, आज नयाँ दिल्ली प्रस्थान गर्ने    ||     सुदूरपश्चिमको ऐतिहासिक छलाङ : लुम्बिनीलाई १० विकेटले हराउँदै पहिलोपटक एनपीएल च्याम्पियन    ||     एनपीएल उपाधिका लागि लुम्बिनी र सुदूरपश्चिम भिड्दै, कसले उचाल्ला ट्रफी ?    ||     आज देशभरको मौसम मुख्यतया सफा रहने, वर्षा र हिमपातको सम्भावना न्यून    ||     तुलसी–दामोदरको विवाह गराउँदै आज देशभर हरिबोधिनी एकादशी मनाइँदै    ||     ‘अक्वान’ चक्रवात र पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु र तुवाँलो    ||     पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना    ||     पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा तुवाँलो र बिहान हुस्सु लाग्ने    ||     उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व सम्पन्न    ||     कोशी, बागमती र गण्डकीका हिमाली क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||    

सुरु भयो चार दिन मनाइने छठ पर्व, आज पहिलो दिन ‘नहाय–खाय’

  •   १ हप्ता अघि | २७ कार्तिक २०८३, शुक्रबार

काठमाडौं । सूर्यदेव र षष्ठीदेवी (छठीमाता) को आराधना गरी मनाइने चारदिने छठ पर्व आज शुक्रबारदेखि सुरु भएको छ। मिथिलाञ्चलसहित देशका विभिन्न क्षेत्रमा श्रद्धा, निष्ठा र भक्तिभावका साथ छठ पर्व मनाउने तयारी गरिएको छ।

मिथिलामा प्रत्येक वर्ष कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिनसम्म छठ पर्व मनाउने परम्परा छ। पर्वको पहिलो दिन आज व्रतालुहरूले ‘नहाय–खाय’ विधि गर्दैछन्।

छठ पर्वलाई लक्षित गरी नदी, पोखरी तथा धार्मिक महत्त्व बोकेका जलाशयका किनारमा छठघाट निर्माण तथा सरसफाइ गरिएको छ। विशेषगरी मधेश प्रदेशका विभिन्न जिल्लामा छठघाट सजाउने, पूजा सामग्री व्यवस्थापन गर्ने र घाटलाई आकर्षक बनाउने काम तीव्र पारिएको छ।

गाउँघरमा बाँसका भाटा र झिक्राको प्रयोग गरी घरका भित्ता लिपपोत तथा रङरोगन गरिएको छ। सडक, घर तथा सार्वजनिक स्थलमा झिलिमिली बत्ती जडान गरिएका छन्। आर्थिक अवस्था कमजोरदेखि सम्पन्न परिवारसम्मले आफ्नो क्षमताअनुसार श्रद्धा र भक्तिपूर्वक पर्व मनाउने तयारी गरेका छन्।

चार दिनसम्म मनाइने यस पर्वको दोस्रो दिन ‘खरना’ विधि गरिन्छ। यस दिन व्रतालुहरूले दिनभर उपवास बसेर साँझ विधिपूर्वक पूजा गरी प्रसाद ग्रहण गर्ने परम्परा छ।

पर्वको तेस्रो दिन व्रतालुहरूले नदी, पोखरी तथा जलाशयका किनारमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्छन्। यसलाई छठ पर्वको मुख्य दिनका रूपमा लिइन्छ।

चौथो तथा अन्तिम दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व विधिवत् सम्पन्न हुन्छ।

छठ पर्व धार्मिक आस्थासँगै सामाजिक सद्भाव, समानता र एकताको प्रतीकका रूपमा समेत परिचित छ। यस पर्वमा पुराना मनमुटाव र आपसी वैमनस्यता बिर्सेर सबै समुदायका मानिस एकै ठाउँमा भेला भई सूर्यदेवको आराधना गर्ने परम्परा छ।

छठघाटमा जातीय तथा सामुदायिक विभेद नगरी सबैले एकै लहरमा बसेर पूजा गर्ने चलनले सामाजिक एकता र सहअस्तित्वको सन्देश दिने गरेको छ।

सूर्यदेव र छठीमाताको आराधनाबाट सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा परिवारको कल्याण प्राप्त हुने धार्मिक विश्वासका साथ देशभर छठ पर्व मनाइँदै छ।

  • Jigyasanepal

थप