Breaking News
नेपाल स्रष्टा समाजको २० औं अधिवेशन सम्पन्न,श्रीओम श्रेष्ठ रोदनुको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित    ||     आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना    ||     त्रिशूली–३ ‘ए’ सुरुङमा उद्धारको आशा पलायो, मानिस बोलेको आवाज सुनिएको दाबी    ||     आज श्रीकृष्ण जन्माष्टमी : श्रद्धा, भक्ति र उत्सवमा रम्दै देशभर    ||     कताबाट फेरि यो सुनामी आयो    ||     रसुवा बाढीबारे संसदमा विशेष प्रस्ताव पेश हुँदै    ||     राहत कोषमा ६ अर्ब ३६ करोडभन्दा बढी संकलन, बाढीपीडितका लागि सहयोग जुट्ने क्रम जारी    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ प्रकाशित    ||     भोटेकोशी–त्रिशूली बाढी : मृतकको संख्या ५८६ पुग्यो, १ हजार ९२४ भन्दा बढी अझै बेपत्ता    ||     बाढीको वितण्डा : मृतकको संख्या ५४७ पुग्यो, ३ हजार ७४२ जनाको उद्धार    ||    

स्वरसम्राट नारायण गोपाल स्मृति पुरस्कार: कुमार बस्नेत, बुलु मुकारुङ र शिवशंकर थापालाई सम्मान

  •   २ वर्ष अघि | १९ मंसिर २०८१, बुधबार

काठमाडौं, १९ मंसिर। नेपाली संगीतका आदरणीय हस्ती स्वरसम्राट नारायण गोपालको ३४औं स्मृति दिवसका अवसरमा यस वर्षको स्मृति सम्मान तीनजना विशिष्ट स्रष्टालाई प्रदान गरिएको छ।

नारायण गोपाल संगीत कोषले बुधबार गायक कुमार बस्नेत, संगीतकार बुलु मुकारुङ, र कवि तथा गीतकार शिवशंकर थापालाई ‘नारायण गोपाल स्मृति सम्मान २०८१’ प्रदान गरेको हो। काठमाडौंस्थित कमलादी प्रज्ञा प्रतिष्ठानको सभाहलमा आयोजित भव्य समारोहमा सम्मानित स्रष्टाहरूलाई जनही ५१ हजार रुपैयाँ नगद, ताम्रपत्र, र दोसल्लाले सम्मान गरियो।

कार्यक्रममा नारायण गोपालका कालजयी गीतहरूलाई श्रद्धाञ्जलिस्वरूप प्रस्तुत गरिएको थियो। पूर्ण अर्केस्ट्रासहित नयाँ तथा पुराना गायक-गायिकाले स्वरसम्राटका चर्चित गीतहरू गाएका थिए, जसले समारोहलाई थप भावुक र स्मरणीय बनायो।


स्वरसम्राट नारायण गोपालको जन्म १९९६ साल असोज १८ गते काठमाडौंको किलागलमा भएको थियो। उनले रेडियो नेपालबाट २०१७ सालमा आफ्नो संगीत यात्रा प्रारम्भ गरेका थिए। उनका कालजयी गीतहरूले नेपाली संगीतको पहिचान उच्च बनाएको छ।

नारायण गोपालको २०४७ साल मंसिर १९ गते निधन भएको थियो। उनको स्मृतिमा प्रदान गरिने यो सम्मान नेपाली संगीतको क्षेत्रमा उल्लेखनीय योगदान गर्ने स्रष्टाहरूको सम्मानको प्रतीक हो।


  • Jigyasa media

थप