Breaking News
प्रधानमन्त्री बालेन शाह भारतको दुईदिने राजकीय भ्रमणमा जाँदै, आज नयाँ दिल्ली प्रस्थान गर्ने    ||     सुदूरपश्चिमको ऐतिहासिक छलाङ : लुम्बिनीलाई १० विकेटले हराउँदै पहिलोपटक एनपीएल च्याम्पियन    ||     एनपीएल उपाधिका लागि लुम्बिनी र सुदूरपश्चिम भिड्दै, कसले उचाल्ला ट्रफी ?    ||     आज देशभरको मौसम मुख्यतया सफा रहने, वर्षा र हिमपातको सम्भावना न्यून    ||     तुलसी–दामोदरको विवाह गराउँदै आज देशभर हरिबोधिनी एकादशी मनाइँदै    ||     ‘अक्वान’ चक्रवात र पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु र तुवाँलो    ||     पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना    ||     पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा तुवाँलो र बिहान हुस्सु लाग्ने    ||     उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व सम्पन्न    ||     कोशी, बागमती र गण्डकीका हिमाली क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||    

सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित

  •   २ महिना अघि | १ असोज २०८३, बिहिबार

काठमाडौँ । कथाकार गङ्गा सुवेदीको नविनतम् कथासङ्ग्रह दृष्टिबोध लोकार्पित भएको छ । 

 राजधानीमा विहिबार आयोजित कार्यक्रममा प्रा.डा.दयाराम श्रेष्ठ,श्रीओम श्रेष्ठ रोदन,प्राडा लक्ष्मणप्रसाद गौतम,प्राडा भरतकुमार भट्टराई,पवन आलोक र कथाकार सुवेदीले उक्त कथासङ्ग्रह लोकार्पण गरे । 

नेपाल स्रष्टा समाजको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रा.डा.श्रेष्ठले सुवेदी सामाजिक यथार्थवादी कथाकार भएको बताए । उनले अगाडि भने, 'प्राविधिक रुपले पनि सुवेदीका कथाहरु वलिष्ठ छन् । उनका कथाका कथावस्तु र घट्नाको बीचमा हुने क्रमागत सिलसिला राम्रोसँग मिलाएर बुनोट भएका छन् ।' 

अर्का वक्ता प्राडा गौतमले सुवेदीको व्यक्तित्व संस्था जतिकै माथि उठेको भन्दै नारी भोगाइ र अनुभूति भोक्ता स्रष्टा भएर अनुभूतिको गहिराइमा पुगेर लेख्न सक्ने कथाकारको रुपमा उनको चर्चा गरे । 

कृतिमाथि चर्चा गर्दै प्राडा भट्टराईले कलाकार र कथाकारको उचित संयोजन कथामा देखिएको बताए । कृतिभित्र २४ वटा कथा रहेको भन्दै उनले प्रायःकथाहरु नारीवादी दृष्टिचेतले लेखिएको बताए । नारीको भित्री ह्रदयहरु केलाएर कथा बनेको छ । पितृसत्तात्मक समाजबाट नारीमाथि हुने गरेका प्रताडनाहरु कथाका विषय बनेका छन् । कतिपय कथाहरु प्रतिकात्मक रहेको पनि प्राडा भट्टराईले बताए । साना कुरा तर गहन र गम्भीर बनाएर कथानकता बुन्न सक्नु कथाकारको विशेषता भएको उनले बताए । 

अग्रज साहित्यकार पवन आलोक तथा समाजका कोशी प्रदेश अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेलीले शुभकामना मन्तब्य राखे । 

कथाकार सुवेदीले आफुले लेख्ने सबै कथा यथार्थको धरातलमा उभिएर लेखेको बताइन । उनले भनिन्,'कथाको पात्रमा पसेर लेख्छु,पात्रको ठाउँमा रहेर लेख्छु । नेपालको पूर्वीभागदेखि पश्चिम हुँदै सिंगापूर,मलेशिया जाँदासम्मका अनुभवलाई कथाको रुप दिएको छु ।'

कार्यक्रमका समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको अध्यक्षतामा भएको थियो । महासचिव मधु पाठकले सञ्चालन गरेको कार्यक्रममा सचिव प्रदीप सापकोटाले स्वागत मन्तव्य राखे । 


  • Jigyasanepal

थप