Breaking News
बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||     कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा, रातभर जाग्राम बस्ने परम्परा    ||     आज हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना, बुधबारदेखि देशभर वर्षा हुन सक्ने    ||     बुधबारदेखि नेपालमा वर्षा गराउन सक्ने मौसमी प्रणाली सक्रिय हुने सम्भावना    ||     काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १३.३ डिग्रीमा झर्‍यो, यो वर्षकै कम प्रारम्भिक मापन    ||     एकादशीमा पनि दसैँको टीका जारी, कोजाग्रत पूर्णिमासम्म लगाउने परम्परा    ||     आज विजयादशमी : बिहान ८:४९ पछि टीका लगाउन सकिने, उत्तम साइत १०:२६ बजे    ||     महानवमीमा तलेजु भवानीको दर्शन गर्न भक्तजनको घुइँचो, बिहान ५ देखि साँझ ६ बजेसम्म खुला    ||    

नेपालमा टिकटकमाथिको प्रतिबन्ध हटाइयो, शर्तसहित सेवा पुनः सुरु

  •   २ वर्ष अघि | २१ भदौ २०८१, शुक्रबार

काठमाडौं । सरकारले नेपालमा सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध हटाएको छ। सबै मोबाइल र इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई टिकटकको सेवा पुनः सुरु गर्न निर्देशन दिइएको छ।

नेपाल दूरसञ्चार प्राधिकरणले शुक्रबार जारी गरेको सूचनामा मन्त्रिपरिषदको निर्णयअनुसार टिकटकमाथिको प्रतिबन्ध हटाउन निर्देशन दिइएको हो। 

प्रतिबन्ध हटाउन सरकारले टिकटकका प्रतिनिधिहरूसँग शर्त राखेको थियो, जसका लागि टिकटकका प्रतिनिधिहरू सिंगापुरबाट काठमाडौं आएका थिए। बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भएको छलफलमा टिकटकले सरकारका सबै शर्तहरू स्वीकार गर्ने प्रतिवद्धता जनाएपछि प्रतिबन्ध हटाउने प्रक्रिया अघि बढाइएको थियो। 


सरकारले टिकटकले सामाजिक सद्भाव खलबल्याएको भन्दै २७ कात्तिक २०८० मा प्रतिबन्ध लगाएको थियो। करिब साढे नौ महिनापछि, गत ६ भदौमा मन्त्रिपरिषदको बैठकले शर्तसहित टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको थियो।

अब टिकटकले सरकारले निर्धारण गरेका शर्तहरूको पालना गर्दै पुनः सञ्चालनमा आउनेछ, जसले सामाजिक जिम्मेवारीलाई ध्यानमा राखेर सञ्जालको सही प्रयोगलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।

  • Jigyasa media

थप