Breaking News
बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||     कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा, रातभर जाग्राम बस्ने परम्परा    ||     आज हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना, बुधबारदेखि देशभर वर्षा हुन सक्ने    ||     बुधबारदेखि नेपालमा वर्षा गराउन सक्ने मौसमी प्रणाली सक्रिय हुने सम्भावना    ||     काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १३.३ डिग्रीमा झर्‍यो, यो वर्षकै कम प्रारम्भिक मापन    ||     एकादशीमा पनि दसैँको टीका जारी, कोजाग्रत पूर्णिमासम्म लगाउने परम्परा    ||     आज विजयादशमी : बिहान ८:४९ पछि टीका लगाउन सकिने, उत्तम साइत १०:२६ बजे    ||     महानवमीमा तलेजु भवानीको दर्शन गर्न भक्तजनको घुइँचो, बिहान ५ देखि साँझ ६ बजेसम्म खुला    ||    

निर्वाचन आयोगद्वारा नागरिकता त्याग गर्नेहरूको विवरण माग

  •   २ वर्ष अघि | १ कार्तिक २०८१, बिहिबार

काठमाण्डौ ।

निर्वाचन आयोगले गैरआवासीय नेपाली नागरिकता लिने व्यक्तिहरूले आफ्नो पुरानो नेपाली नागरिकता त्याग गरेको विवरण माग गरेको छ। स्थानीय तहको उपनिर्वाचनका लागि मतदाता नामावली अद्यावधिक गर्न आयोगले गृह मन्त्रालयमार्फत सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई यो विवरण उपलब्ध गराउन भनेको हो।

गैरआवासीय नेपाली नागरिकता लिन चाहनेले पहिले लिएको नेपाली नागरिकता त्याग गर्नु पर्ने कानुनी व्यवस्था अनुसार, त्यस्तो विवरण ५ कात्तिकभित्र जिल्ला निर्वाचन कार्यालयमा पठाउन गृह मन्त्रालयलाई निर्देशन दिइएको छ। यस विवरणका आधारमा मतदाता नामावलीबाट त्यस्ता व्यक्तिहरूको नाम हटाइनेछ।


  • Jigyasa media

थप