Breaking News
आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||     निचोड    ||     आज राति बागमती–गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||    

निर्वाचन आयोगद्वारा नागरिकता त्याग गर्नेहरूको विवरण माग

  •   २ वर्ष अघि | १ कार्तिक २०८१, बिहिबार

काठमाण्डौ ।

निर्वाचन आयोगले गैरआवासीय नेपाली नागरिकता लिने व्यक्तिहरूले आफ्नो पुरानो नेपाली नागरिकता त्याग गरेको विवरण माग गरेको छ। स्थानीय तहको उपनिर्वाचनका लागि मतदाता नामावली अद्यावधिक गर्न आयोगले गृह मन्त्रालयमार्फत सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई यो विवरण उपलब्ध गराउन भनेको हो।

गैरआवासीय नेपाली नागरिकता लिन चाहनेले पहिले लिएको नेपाली नागरिकता त्याग गर्नु पर्ने कानुनी व्यवस्था अनुसार, त्यस्तो विवरण ५ कात्तिकभित्र जिल्ला निर्वाचन कार्यालयमा पठाउन गृह मन्त्रालयलाई निर्देशन दिइएको छ। यस विवरणका आधारमा मतदाता नामावलीबाट त्यस्ता व्यक्तिहरूको नाम हटाइनेछ।


  • Jigyasa media

थप