Breaking News
बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||     कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा, रातभर जाग्राम बस्ने परम्परा    ||     आज हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना, बुधबारदेखि देशभर वर्षा हुन सक्ने    ||     बुधबारदेखि नेपालमा वर्षा गराउन सक्ने मौसमी प्रणाली सक्रिय हुने सम्भावना    ||    

असोज ११ गते, २०८२ शनिबारको राशिफल

  •   १ वर्ष अघि | १० असोज २०८२, शुक्रबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज आत्मविश्वास बढ्नेछ। कार्यमा उत्साह र जोश थपिनेछ। परिवारसँग मिलनसार सम्बन्ध प्रगाढ हुनेछ। यात्रा शुभ रहनेछ।


वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

आर्थिक पक्ष मजबुत हुने संकेत छन्। अघिका रोकिएका काम बन्नेछन्। तर, पारिवारिक विवाद वा असहमतिले मन खिन्न तुल्याउन सक्छ।


मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

विद्या र ज्ञानप्रति चासो बढ्नेछ। अध्ययनमा प्रगति हुनेछ। प्रियजनसँगको भेटघाटले मनमा उमंग छाउनेछ। बोलीमा संयमता अपनाउनु उपयुक्त हुन्छ।


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

व्यावसायिक क्षेत्रमा अवसर आउनेछन्। लाभ हुने सम्भावना छ। तर, स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ, खानपानमा ध्यान दिनुहोस्।


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज सामाजिक क्षेत्रमा प्रतिष्ठा बढ्नेछ। अरूको सहयोगले काम बन्नेछन्। तर, अनावश्यक खर्च बढ्न सक्ने भएकाले खर्च नियन्त्रण गर्नु उचित हुन्छ।


कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

श्रम अनुसार फल पाइनेछ। पुराना समस्या समाधानतर्फ जानेछन्। शुभचिन्तकसँगको भेट लाभदायी हुनेछ। शारीरिक स्फूर्ति कम हुन सक्छ।


तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

व्यापार–व्यवसायमा लाभ हुने संकेत छन्। दाम्पत्य जीवन मधुर रहनेछ। धार्मिक कार्यमा मन जानेछ। यात्रा गर्दा सावधानी अपनाउनुहोस्।


वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आज आर्थिक लाभ हुने देखिन्छ। घरमा धार्मिक वा सांस्कृतिक कार्यक्रमको आयोजना हुन सक्छ। तर, पारिवारिक झगडा वा विवाद टाढा रहनु श्रेयष्कर हुन्छ।


धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। प्रियजनसँग रमाइलो समय बित्नेछ। छोटो दूरीको यात्रा लाभदायी हुनेछ। तर, महत्त्वपूर्ण निर्णय सोचविचार गरेर लिनुहोस्।


मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

घर–परिवारमा खुसीयाली छाउनेछ। पैतृक सम्पत्तिबाट लाभ मिल्ने संकेत छ। राजनीतिक वा सामाजिक क्षेत्रमा सक्रियता बढ्नेछ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आज आत्मबल बढ्नेछ। व्यवसाय वा रोजगारीमा सफलता पाइनेछ। मित्र वा साथीबाट सहयोग प्राप्त हुनेछ। तर, वाणीमा संयम आवश्यक छ।


मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

धार्मिक कार्यमा मन जानेछ। नयाँ अवसर प्राप्त हुनेछ। शुभ समाचार सुन्न पाइनेछ। तर, स्वास्थ्यप्रति सचेत रहनुहोला।

  • Jigyasanepal

थप