Breaking News
सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||     निचोड    ||     आज राति बागमती–गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     मनसुनी प्रणाली सक्रिय : बागमतीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     आज हरिशयनी एकादशी : तुलसीको बिरुवा सार्ने परम्परासँगै चतुर्मास व्रतको शुभारम्भ    ||     सर्वोच्चको परमादेश : अब पशु चिकित्सकले कानुनी रूपमा औषधि सिफारिस गर्न पाउने    ||     नेपाली कम्युनिस्ट आन्दोलनका अग्रदूत पुष्पलालको ४८औँ स्मृति दिवस आज    ||    

असोज ११ गते, २०८२ शनिबारको राशिफल

  •   १० महिना अघि | ११ असोज २०८२, शनिबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज आत्मविश्वास बढ्नेछ। कार्यमा उत्साह र जोश थपिनेछ। परिवारसँग मिलनसार सम्बन्ध प्रगाढ हुनेछ। यात्रा शुभ रहनेछ।


वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

आर्थिक पक्ष मजबुत हुने संकेत छन्। अघिका रोकिएका काम बन्नेछन्। तर, पारिवारिक विवाद वा असहमतिले मन खिन्न तुल्याउन सक्छ।


मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

विद्या र ज्ञानप्रति चासो बढ्नेछ। अध्ययनमा प्रगति हुनेछ। प्रियजनसँगको भेटघाटले मनमा उमंग छाउनेछ। बोलीमा संयमता अपनाउनु उपयुक्त हुन्छ।


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

व्यावसायिक क्षेत्रमा अवसर आउनेछन्। लाभ हुने सम्भावना छ। तर, स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ, खानपानमा ध्यान दिनुहोस्।


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज सामाजिक क्षेत्रमा प्रतिष्ठा बढ्नेछ। अरूको सहयोगले काम बन्नेछन्। तर, अनावश्यक खर्च बढ्न सक्ने भएकाले खर्च नियन्त्रण गर्नु उचित हुन्छ।


कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

श्रम अनुसार फल पाइनेछ। पुराना समस्या समाधानतर्फ जानेछन्। शुभचिन्तकसँगको भेट लाभदायी हुनेछ। शारीरिक स्फूर्ति कम हुन सक्छ।


तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

व्यापार–व्यवसायमा लाभ हुने संकेत छन्। दाम्पत्य जीवन मधुर रहनेछ। धार्मिक कार्यमा मन जानेछ। यात्रा गर्दा सावधानी अपनाउनुहोस्।


वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आज आर्थिक लाभ हुने देखिन्छ। घरमा धार्मिक वा सांस्कृतिक कार्यक्रमको आयोजना हुन सक्छ। तर, पारिवारिक झगडा वा विवाद टाढा रहनु श्रेयष्कर हुन्छ।


धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। प्रियजनसँग रमाइलो समय बित्नेछ। छोटो दूरीको यात्रा लाभदायी हुनेछ। तर, महत्त्वपूर्ण निर्णय सोचविचार गरेर लिनुहोस्।


मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

घर–परिवारमा खुसीयाली छाउनेछ। पैतृक सम्पत्तिबाट लाभ मिल्ने संकेत छ। राजनीतिक वा सामाजिक क्षेत्रमा सक्रियता बढ्नेछ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आज आत्मबल बढ्नेछ। व्यवसाय वा रोजगारीमा सफलता पाइनेछ। मित्र वा साथीबाट सहयोग प्राप्त हुनेछ। तर, वाणीमा संयम आवश्यक छ।


मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

धार्मिक कार्यमा मन जानेछ। नयाँ अवसर प्राप्त हुनेछ। शुभ समाचार सुन्न पाइनेछ। तर, स्वास्थ्यप्रति सचेत रहनुहोला।

  • Jigyasanepal

थप