🔯 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
धेरै समयदेखि अड्किएको कार्य अघि बढ्नेछ। सामाजिक सञ्जालमा सक्रियताले नयाँ अवसर दिलाउन सक्छ। तर, साथीको विश्वास तोड्नु नपर्ने दिन हो।
उपाय: भगवान गणेशलाई दूर्वा चढाउनुहोस्।
🔯 वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
व्यापारमा आकस्मिक लाभ देखिन्छ। तर स्वास्थ्यमा सामान्य कमजोरी महसुस हुन सक्छ। पुराना साथीबाट सहयोग मिल्ने दिन।
उपाय: तुलसीको बोटमा जल अर्पण गर्नुहोस्।
🔯 मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मानसिक चञ्चलता बढ्नेछ। निर्णयमा धैर्य अपनाउनु राम्रो हुनेछ। वैवाहिक सम्बन्धमा प्रेम बढ्ने सम्भावना छ।
उपाय: हरियो वस्त्र धारण गर्नुहोस्।
🔯 कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समय अनुकूल देखिए पनि बोल्दा सावधानी अपनाउनुहोस। बौद्धिक काममा सफलता मिल्नेछ। परिवारमा रमाइलो वातावरण रहनेछ।
उपाय: शिवलिंगमा जल चढाउनुहोस्।
🔯 सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कामको प्रशंसा हुनेछ। परिश्रम अनुसार फल पाउने समय छ। नयाँ साथी बनाउने सम्भावना उच्च छ।
उपाय: सूर्यलाई जल अर्पण गर्नुहोस्।
🔯 कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
पढाइ, लेखाइ र अनुसन्धानमा उन्नति देखिन्छ। तर आत्मविश्वास कम हुन सक्छ। मिष्टभाषी बन्नु फाइदाजनक हुनेछ।
उपाय: दान दिने बानी बसाल्नुहोस्।
🔯 तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
धेरै व्यस्तता रहनेछ। यात्राको सम्भावना छ, लाभ मिल्नेछ। प्रियजनसँग भेटघाटले उत्साह बढाउनेछ।
उपाय: चन्द्रमालाई दूध चढाउनुहोस्।
🔯 वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
गोप्य योजना सार्वजनिक नगर्नु राम्रो। विरोधी सक्रिय हुन सक्छन्। तर, आत्मबलले अगाडि बढ्न सकिन्छ।
उपाय: हनुमान चालिसा पाठ गर्नुहोस्।
🔯 धनु (ये, यो, भा, भि, भु, ध, फा, ढ, भे)
समय पक्षमा छ, सहयोगी हात बढ्न सक्छन्। मनोकामना पूर्ति हुने संकेत छ। प्रेम र सम्बन्धमा सुधार आउँछ।
उपाय: पीपलको रुखमा दियो बाल्नुहोस्।
🔯 मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
नयाँ प्रस्ताव आउन सक्छ। तर तत्काल निर्णय नगर्नु राम्रो। घरमा बुजुर्गको सल्लाह लिनु लाभदायक हुनेछ।
उपाय: नुन बिना पकाइएको भोजन गरीबलाई दिनुहोस्।
🔯 कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
तर्क र बुद्धिको समय हो। आफन्त वा साथीहरूसँग मतभेद हुन सक्छ, संयम अपनाउनुहोस्।
उपाय: नीलो वस्त्र प्रयोग गर्नुहोस्।
🔯 मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
ध्यान, साधना वा अध्ययनतर्फ रुचि बढ्नेछ। दाम्पत्य जीवनमा मिठास रहनेछ। आजको निर्णय भविष्यमा लाभदायी हुनेछ।
उपाय: दही र चामलको तीलक लगाउनुहोस्।
-
Jigyasanepal